पत्थरको देवता
मौनताको
सिंहसानमा रमिता हेर्दै
नतमस्तक बसिरहन्छ
पत्थरको देवता
हामी मान्छेहरु
विश्वासमा अडिएका छौ
विश्वासले नै धोका दिई रहेको छ
आधुनिक सभ्यताको 'भेम्पाएर'
अर्काको रगत, पसिना, चुसेर
आफुलाई ठुलो मान्छे सम्झिन्छ
हामी मान्छे हुनुको गर्ब गर्छौ
बुद्धीको घमण्ड गर्छौ
हामीसंग बुद्धी हुदो हो
हामीसँग अलिकति मात्र सोच्ने शक्ति हुदो हो
अन्धविश्वासले
किन?
हामीलाई सधै कठपुतली बनाएर
अँधेरो रंगमन्चमा नचाईराख्थ्यो ?
ट्यागहरू:
सहित्य
कविता
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
रातसँगै पलाएको सपना
कवि -हाङओजा थेगिम पोष्ट-दिलिप घिमिरे - आइतबार २३ अगष्ट २०२६
सडकको रोदन
कवि-कृष्ण धराबासी पोष्ट-दिलिप घिमिरे - सोमबार २० अप्रिल २०२६
म हरिण हुँ
कवि-दिल भूटानी, पोष्ट-दिलिप घिमिरे - आइतबार ५ अप्रिल २०२६
चाहना
कवि कर्ण गुरुङ पोष्ट दिलिप घिमिरे - शुक्रबार ३ अप्रिल २०२६