पत्थरको देवता

आभास रिखाम मगर · मंसिर २७, २०८० ३:१४ PM
Cover Image for News

मौनताको 
सिंहसानमा रमिता हेर्दै 
नतमस्तक बसिरहन्छ 
पत्थरको देवता 

हामी मान्छेहरु 
विश्वासमा अडिएका छौ 
विश्वासले नै धोका दिई रहेको छ 

आधुनिक सभ्यताको 'भेम्पाएर'
अर्काको रगत, पसिना, चुसेर 
आफुलाई ठुलो मान्छे सम्झिन्छ 

हामी मान्छे हुनुको गर्ब गर्छौ
बुद्धीको घमण्ड गर्छौ 

हामीसंग बुद्धी हुदो हो 
हामीसँग अलिकति मात्र सोच्ने शक्ति हुदो हो 
अन्धविश्वासले 
किन?
हामीलाई सधै कठपुतली बनाएर
अँधेरो रंगमन्चमा नचाईराख्थ्यो ?

ट्यागहरू:
सहित्य कविता
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
प्रिय जेन्जी र आक्रोश!
प्रिय जेन्जी र आक्रोश!
अन्जना न्यौपाने - सोमबार १० नोभेम्बर २०२५
म तिम्रो बागी हुँ !
म तिम्रो बागी हुँ !
देशु वनेम - सोमबार १० नोभेम्बर २०२५
खरानीको आत्मकथा !
खरानीको आत्मकथा !
कवि डाक्टर नवराज लम्साल - आइतबार ९ नोभेम्बर २०२५
कोल्पुको कलकल तीरमा
कोल्पुको कलकल तीरमा
कलानिधि दाहाल पोष्ट- खगिन्द्रा खुसी - मङ्गलबार ४ नोभेम्बर २०२५