दिदी अनि देवता

"Diyalo" Susan Majhi · मंसिर २७, २०८० ३:०६ PM
Cover Image for News

यो सुन्दर ब्रह्माण्डमा
जब मैलेँ 
दिदी भनेर 
दिदीलाई नै पहिचान गर्नु अघि 
मेरी प्यारी दिदी 
कसैको जीवनमा 
चम्पा चमेली झैँ 
सजी सक्नु भएको रहेछ
मेरो आफ्नो दिदी 
केवल एकमात्र प्यारो दिदी ।

उस बेला प्रत्येक दशैँमा
दिदी आउनु हुन्थ्यो 
र दिदी सँगै 
दिदीका अरू मनहरूको पनि 
ख़ुशी साथ 
रातो टिका अनि जमरा लगाई 
आशीष लिनु हुन्थ्यो 
तर आज भोली 
दशैँ आउँछ जान्छ 
अनि तीज आउँछ जान्छ 
तर अपसोच 
भिनाजुको माइत जानु भएकी मेरी दिदी 
कहिल्यै आउनु हुन्न ।

( दशैँ पछिको पूर्णिमालाई 
विदाईका हातहरू नहल्लाउँदै )२
हामी माझ 
त्यो औँसीको रात सँगै 
तिहारको आगमन हुन्छ 
त्यही औँसीलाई साक्षी राख्दै 
चेली र माइतीको सम्बन्ध प्रगाढ बनाउँदै 
दिदीको हातबाट 
सप्तरंगी टिका 
खुशीसाथ लगाइन्थ्यो 

( तर आज भोली )२ 
न त दशैँमा दिदी आउनु हुन्छ 
न त भाई टिका मनाउन हामी जान्छौँ 
( किनकी )२
दिदीको मन भित्रको 
देवता कोठामा 
देवता नै परिवर्तन भएको छ ! 

ट्यागहरू:
सहित्य कविता
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
प्रिय जेन्जी र आक्रोश!
प्रिय जेन्जी र आक्रोश!
अन्जना न्यौपाने - सोमबार १० नोभेम्बर २०२५
म तिम्रो बागी हुँ !
म तिम्रो बागी हुँ !
देशु वनेम - सोमबार १० नोभेम्बर २०२५
खरानीको आत्मकथा !
खरानीको आत्मकथा !
कवि डाक्टर नवराज लम्साल - आइतबार ९ नोभेम्बर २०२५
कोल्पुको कलकल तीरमा
कोल्पुको कलकल तीरमा
कलानिधि दाहाल पोष्ट- खगिन्द्रा खुसी - मङ्गलबार ४ नोभेम्बर २०२५