विश्वप्रसाद अधिकारीको भोजपुरदेखि झापासम्मको यात्रा संस्मरण सार्वजनिक

दिलिप घिमिरे · साउन २५, २०८१ ९:४४ PM
Cover Image for News

साउन २५/ विश्वप्रसाद अधिकारीको पाँचौं कृति भोजपुरदेखि झापासम्मको संस्मरण यात्रा आज शुक्रबार विमोचन गरिएको छ।
 विश्वप्रसाद अधिकारी प्रतिष्ठान गौरीगञ्ज १ को आयोजनामा  दीपिनी आधारभूत विद्यालय दमक ५को सभा हलमा प्रमुख अतिथि झापा क्षेत्र नं ४ .क बाट निर्वाचित कोशी प्रदेश सांसद मानवीय राधाकृष्ण खनालको हस्त बाहुली सहित विशेष अतिथि गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवर, नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति तथा  साहित्यकार प्रकाश बुढाथोकी, कृतिकार अधिकारी र उनकी धर्मपत्नी विमला अधिकारीले  कृतिको संयुक्त रुपमा बिमोचन गर्नुभएको थियो।

बि.स.१९९५ साउन ५ गते भोजपुर अरूण गापा ५ याकुकट्टीमा पिता स्व. टंकप्रसाद माता शिवमाया अधिकारीको कोखबाट जेष्ठ  पुत्ररत्नको रूपमा जन्मिएका अधिकारी हाल गौरीगञ्ज-१ महाभारा झापाका स्थायी बासिन्दा हुन्।

तत्कालीन अवस्थामा भोजपुर र झापाको दुर्गम क्षेत्रमा विद्यालय स्थापना गरि शिक्षाको उज्यालो छर्न विश्वप्रसाद अधिकारीको महत्त्वपूर्ण योगदान रहेको कार्यक्रमका प्रमुख खनालले बताए ।
 अहिले पनि आफूले अध्यापन र स्थापना गरेका विद्यालयहरूमा अक्षयकोष र जग्गादान दिएर पुण्यको काम उनलेे गरिएको प्रमुख अतिथि खनालको भनाइ थियोे ।

साहित्यक्षेत्रमा उनको  यस अघि हिजोदेखि आजसम्मको जीवन यात्रा (आत्मकथा-२०६६)शैक्षिक अवलोकन एक अध्ययन(कथा संग्रह-२०४७)पचास थुंगा फुलको माला(कविता संग्रह-२०७२)र चारपोका कोशेली(समालोचक कथा २०७६)प्रकाशित भइसकेका छन्।कृतिगत हिसाबले यो उनको पाँचौं कृति हो। साथै अन्य धेरै फुट्कर कविताहरु उनले पत्रपत्रिकामा प्रकाशन गरिसकेका छन् ।

एसएलसीसम्मको अध्ययन गरेका कृतिकार अधिकारीले आफ्नो जन्मथलो भोजपुरदेखि झापासम्म आउँदा विभिन्न संघसंस्थाको स्थापनामा अग्रणी भुमिका निर्वाह गर्नुका साथै अक्षयकोष दाताका रुपमासमेत रहेर योगदान दिएका छन् ।
 उनले विं २०१५ सालमा एक बर्षसम्म विश्वप्रेमी मिडिल स्कूल याकु भोजपुरमा शिक्षकको रुपमा रहेर शिक्षण पेशाको शुरुवात गरेका थिए भने २०१६ सालमा पञ्चकन्या प्रावि भोजपुर याकुकट्टीको संस्थापक प्रधानाध्यापक, हालको कमल २ साविक तोपगाछीमा पर्ने तत्कालिन कमला प्राविमा २०१९ देखि २०२३ सालसम्म संस्थापक प्रधानाध्यापकको रुपमा जिम्मेवारी सम्हालेका थिए ।

तोपगाछीकै अर्को बिद्यालय महेन्द्ररत्न हाइस्कूलको संस्थापक सदस्य समेत रहेका २०५३ सालमा कन्काई नहर जल उपभोक्ता सदस्यका रुपमा समेत रहेका थिए ।

कार्यक्रमका विशेष अतिथि गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवर,कमला मदनआश्रितविद्यालयका प्रअ हिमप्रसाद दाहाल,वरिष्ठ साहित्यकार प्रकाश बुढाथोकी ,कोशी प्रदेश जेष्ठ नागरिक महासंघका सचिव जयप्रसाद संग्रौला ,मोती माविका पूर्व प्रअ खगेन्द्रप्रसाद अधिकारी र अरुण गापा वडा नम्बर ७ का निवर्तमान वडा अध्यक्ष डिल्लीराम अधिकारीले शुभकामना मन्तव्य राखेका थिए।

सङ्ग्रहमार्फत विश्वप्रसाद अधिकारीले मूल रुपमा आफ्नो शिक्षा सम्बन्धि संघर्षको कथालाई ८६ बर्षको उमेरमा भोजपुरदेखि झापासम्मको संस्मरण यात्रा  प्रकाशन गर्नु गौरवको कुरा रहोको मन्तव्यका क्रममा अतिथिहरुले बताए ।
  विमोचित कृतिको  समीक्षा टिप्पणी साहित्यकार गोपालप्रसाद दाहालले गरेका थिए।
  कार्यक्रममा साहित्यकार झाक्रि खोले ,कवि अभागी थेगुवा ,राजकुमार सुब्बा अनिश्चित,एनवि दाहाल नवीन ,दुर्गाप्रसाद सिग्देल,विजय अधिकारी ,प्रिति बस्नेत ,पत्रकारहरु डिकेश लामा,अनिलदेव राई,गिरिराजमणि भट्टराई ,विष्णु सुब्बा ,विष्णु पौडेल विमल लामिछाने र काव्य घर नेपालका राजकुमार खड्का लगायत झापा,मोरङ ,इलाम ,सुनसरीका स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो।
 प्रतिष्ठानका अध्यक्ष तथा बालकल्याण माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिनेश्वरप्रसाद राजवंशीको सभापतित्वमा  भएको कार्यक्रममा प्रतिष्ठानका सचिव भीमप्रसाद कोइरालाले स्वागत गरेका थिए भने साहित्यकार विवश बलिभद्र कोईरालाले कार्यक्रम संचालन गरेका थिए।

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू