‘विश्वको जन इतिहास’ नेपाली अनुवाद पुस्तक बजारमा
झापा २२ माघ/ विश्व चर्चित पुस्तक ‘विश्वको जनइतिहास’ को नेपाली अनुवाद बजारमा आएको छ ।
बेलायती लेखक क्रिस हरमनद्धारा लिखित ‘अ पिपुल्स हिस्टोरी अफ द वर्ल्ड’ पुस्तकको विकेश श्रेष्ठले नेपाली अनुवाद गरेका हुन् ।
पुस्तकमा विश्व इतिहासमा चिनियाँ सांस्कृतिक जनक्रान्तिदेखि विश्वभर आएका राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक उथलपुथल, यसक्रममा नायक, खलनायकका रुपमा उदाएका पात्र, परिवर्तनका लागि जनताले गरेका अभूतपूर्व संघर्षहरुको विस्तृत इतिहास उल्लेख छ ।
आगामी समम र शताब्दीमा यसको परिवर्तनको दिशा र ज्ञान प्राप्त गर्न विश्वका जनताको इतिहास पढ्नै पर्ने अनुभूति गरेर अंग्रेजी पुस्तकको नेपाली अनुवाद गरेको अनुवादक श्रेष्ठले बताए ।
बुकमार्क,भेर्सो/न्यूलेफ्ट बुकले सन् १९९९ मा प्रकाशन गरेको पुस्तकको नेपाली संस्करणको पेपर नेपाल प्रालिले आधिकारिक रुपमा अनुमति लिएर प्रकाशन गरेको हो ।
यसको आधिकारिक विक्री वितरण भने दोबिल्ला बुक्सले गर्ने पेपर नेपालका प्रवन्ध निर्देशक गजेन्द्र चालिसेले बताए।वर्गीय समाजको उदय,प्राचीन विश्वदेखि मध्यकाल,महान परिवर्तन,नयाँ प्रणालीको परिवर्तन,आशा र सन्त्रासको शताब्दी लगायतका बिभिन्न खण्डमा विभाजित पुस्तक ५९३ पृष्ठको छ।यस पुस्तकको बजार मूल्य भने १२८० रुपैयाँ छ ।
गहन अध्ययन र लेखनमा सक्रिय माक्सवादी राजनीतिक चिन्तक, विश्लेषक समेत रहेका अनुवादक श्रेष्ठको यसअघि क्रान्ति वर्षः विचार र विश्लेषण (२०६३) पुस्तक प्रकाशित छ ।