विश्वभरका नेपाली कविहरुको अवसरका रुपमा आउँदैछ ‘मेरो कविता : द रिदम अफ पोयट्री’

खगिन्द्रा खुसी · माघ ३, २०८२ ७:०४ PM
Cover Image for News

झापा, पौष २६ । कवितामा आधारित नेपालको दोस्रो रियालिटी सो ‘मेरो कविता : द रिदम अफ पोयट्री’ सुरु हुने भएको छ । उक्त सो नेपाली भाषामा कविता लेख्ने नयाँ प्रतिभाहरुको लागि अवसरका रुपमा  आएको छ । माई प्लेटफर्मद्वारा निर्माण गरिएको यस रियालिटी सो आगामी माघ ४ गतेदेखि प्रसारण हुने भएको छ। केवल क्षेत्रीले निर्देशन गर्नुभएको यस सोको सहायक निर्देशकका रूपमा पवित्रा राई रहनुभएको छ ।

मङ्सिर ९ गते (नोभेम्बर २५) सम्म सञ्चालन गरिएको डिजिटल अडिसनमा विश्वभरका २५० कविहरुले सहभागिता जनाएका थिए । जसमध्ये विभिन्न चरण पार गर्दै हाल २५ जना कविहरू प्रतियोगिताका लागि छनोट भएका छन् ।

रियालिटी सोमा यी २५ प्रतिस्पर्धीबीच कविता वाचन तथा प्रस्तुति मार्फत प्रतिस्पर्धा हुनेछ । निर्णायकहरूको मूल्याङ्कनसँगै दर्शकहरूले पनि आफूलाई मन परेका प्रतिस्पर्धीलाई भोट हाल्न सक्ने व्यवस्था गरिएको छ । प्रत्येक हप्ता दुई जना प्रतिस्पर्धी बाहिरिने र अन्त्यमा एक जनाले ‘मेरो कविता : द रिदम अफ पोयट्री’को उपाधि जित्नेछन्।

झापाको दमक–बेल्डाँगी क्षेत्रमा छायाङ्कन भइरहेको प्रतियोगिताको निर्णायक मण्डलमा हेमन यात्री र उत्तम तुम्सा लिम्बु, चर्चित गजलकार सुमन स्मारिका तथा अज्ञात ददी रहनुभएको छ । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सुमन कुरुम्बाङले गर्नुभएको छ ।

कवितालाई दृश्य–श्रव्य माध्यममार्फत व्यापक दर्शकमाझ पुर्‍याउने उद्देश्यसहित सुरु हुन लागेको यस रियालिटी सोले नेपाली कविता र नवप्रतिभालाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ ।

ट्यागहरू:
सहित्य samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।