विराटनगरका अग्रज साहित्यकार सुवेदीको निधन
१४ चैत, विराटनगर । विराटनगरका अग्रज साहित्यकार तथा समालोचक दधिराज सुवेदीको निधन भएको छ ।
क्यान्सर रोगको उपचार गरिरहेका सुवेदीको ७८ वर्षको उमेरमा आज बिहान ३ बजे निधन भएको हो ।
सुवेदीका मोरङको साहित्यिक इतिहास, नेपाली साहित्यका मुस्कानहरु, सौन्दर्य कविता संग्रह, अविरल यात्रालगायत एक दर्जनबढी कृति प्रकाशित छन् । उनले अनेकौं कृतिहरूका समालोचना पनि गरेका छन् ।
सुवेदी विराटनगरका सामाजिक अगुवा हुन् ।
विराटनगरले साहित्यिक, सामाजिक, सांस्कृतिक र धार्मिक क्षेत्रको अगुवा गुमाएको साहित्यकार मिनकुमार नवोदितले बताए ।
सुवेदीको पार्थिव शरीरलाई आज विराटनगरको परोपकार घाटमा अन्त्येष्टि गरिनेछ ।
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गायिका सृष्टि हिङमाङ मनमाया स्मृति संगीत पुरस्कारबाट पुरस्कृत
दिलिप घिमिरे - शनिबार ३० मई २०२६
मनोहराको ११३औं मासिक शृङ्खला र कृति लोकार्पण
दिलिप घिमिरे - आइतबार २४ मई २०२६
मकवानपुरमाविभिन्न विधाका ७ स्रष्टा सम्मानित
दिलिप घिमिरे - सोमबार ११ मई २०२६
वाराणसीमा डा.इन्दुप्रभा देवी र राजु प्रधानलाई मदन स्मारक सम्मान समर्पण
दिलिप घिमिरे - सोमबार २७ अप्रिल २०२६