विराटनगरका अग्रज साहित्यकार सुवेदीको निधन
१४ चैत, विराटनगर । विराटनगरका अग्रज साहित्यकार तथा समालोचक दधिराज सुवेदीको निधन भएको छ ।
क्यान्सर रोगको उपचार गरिरहेका सुवेदीको ७८ वर्षको उमेरमा आज बिहान ३ बजे निधन भएको हो ।
सुवेदीका मोरङको साहित्यिक इतिहास, नेपाली साहित्यका मुस्कानहरु, सौन्दर्य कविता संग्रह, अविरल यात्रालगायत एक दर्जनबढी कृति प्रकाशित छन् । उनले अनेकौं कृतिहरूका समालोचना पनि गरेका छन् ।
सुवेदी विराटनगरका सामाजिक अगुवा हुन् ।
विराटनगरले साहित्यिक, सामाजिक, सांस्कृतिक र धार्मिक क्षेत्रको अगुवा गुमाएको साहित्यकार मिनकुमार नवोदितले बताए ।
सुवेदीको पार्थिव शरीरलाई आज विराटनगरको परोपकार घाटमा अन्त्येष्टि गरिनेछ ।
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
झोराहाटमा ‘स्रष्टा सम्मान तथा गाउँमा कविता कार्यक्रम´ सम्पन्न हुने
खगिन्द्रा खुसी - शुक्रबार ३० अक्टोबर २०२६
यसवर्षको ‘विमल गुरुङ कृति पुरस्कार’ कवि भूपिन खड्काको निबन्ध सङ्ग्रह ‘मध्यको उज्यालो’ र जुनु रानाको निबन्ध सङ्ग्रह ‘लाहुरेनी सौन्दर्य’ लाई
खगिन्द्रा खुसी - बिहिबार २९ अक्टोबर २०२६
नारी स्रष्टा समाज नेपालले चार जना स्रस्टालाई सम्मान गर्ने
खगिन्द्रा खुसी - बुधबार २८ अक्टोबर २०२६
पद्मावती सिंहलाई ‘कविडाँडा सुवर्ण-तुलसी काव्य पुरस्कार २०८२’ अर्पण
खगिन्द्रा खुसी - बुधबार २८ अक्टोबर २०२६