वरिष्ठ साहित्यकार एवम् समालोचक प्रा.डा. गोविन्दराज भट्टराई सम्मानित

खगिन्द्रा खुसी · कार्तिक २१, २०८१ ८:४८ AM
Cover Image for News

भक्तपुर, कार्तिक २०
वरिष्ठ साहित्यकार, लेखक एवम् समालोचक प्रा.डा. गोविन्दराज भट्टराई मंगलवार भक्तपुरमा सम्मानित हुनुभएको छ । भट्टराईलाई चक्रपाणी स्मारक प्रतिष्ठानले चक्रपाणी स्मरण पुरस्कार–२०८१ ले सम्मान गरेको हो ।
प्रतिष्ठानले चक्रपाणी चालिसेको जन्मस्थान सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित चक्रपाणीको प्रतिमास्थलमा आयोजित कार्यक्रममा जलस्रोत, सीमा एवम् प्रशासन विद, पुर्वसचिव द्धारिकानाथ ढुंगेलले सम्मान गर्नुभएको हो ।
कार्यक्रममा ढुंगेलले नेपाली साहित्य पनि विश्वस्तरको भएको बताउँदैं साहित्यमा रविन्द्रनाथ टेगोरले नोवेल पुरस्कार जिते जस्तै नेपाली साहित्यकारले पनि जित्ने अपेक्षा राख्नुभयो । उहाँले अहिलेका नयाँ कथाकारहरुले पुराना कथाहरुको अध्ययन गरेर त्यस्तै उत्कृष्ट कथा नेपाली साहित्यलाई दिनुपर्ने सुझाव समेत दिनुभयो ।
सो अवसरमा वरिष्ठ साहित्यकार एवम् समालोचक प्रा. डा. कुमार कोइरालाले सम्मानित व्यक्तित्व भट्टराईको संक्षिप्त परिचय प्रस्तुत गर्दै भट्टराईले नेपाली साहित्यलाई विश्वसामू चिनाउन अहम भूमिका निर्वाह गरेको चर्चा गर्नुभयो ।
कार्यक्रममा सम्मानित व्यक्तित्व भट्टराईले चक्रपाणी स्मरण सम्मानले आफुले जीवनमा नेपाली साहित्यमा केही योगदान गरेको अनुभती भएको प्रतिक्रिया दिनुभएको थियो ।
सो कार्यक्रममा प्रतिष्ठानले सूर्यविनायक नगरपालिकाभित्र सञ्चालित सार्वजनिक र नीजि स्रोतबाट सञ्चालित विद्यालयमा अध्ययन गरी माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८० मा नेपाली विषयमा सर्वाधिक अंक ल्याउन एक छात्र र एक छात्रालाई नगद ५ हजारसहित वैजनाथ शुभद्रा प्रोत्साहन पुरस्कार २०८० बाट पुरस्कृत गरिएको थियो ।
वरिष्ठ साहित्यकार बैजनाथ चालिसेले आफु र आफ्ना धर्मपत्नी शुभद्रा चालिसेको नाममा स्थापना गरेको सो पुरस्कार प्राप्त गर्ने छात्र कटुञ्जेस्थित युनिटी इङ्गलिस स्कुलका आशिष थापा हुन भने छात्रामा दधिकोटस्थित मोर्डन स्कुलका समिरा माकजू रहेका छन ।
कार्यक्रममा १० जना कवि एवम् कवियत्रीहरुले आ–आफ्नो कविता वाचन गरेका थिए । साथै प्रतिष्ठानले आयोजित राष्ट्रव्यापी कथा प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना पुरस्कार प्राप्त गर्ने कथाकारहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो । साथै कथा प्रतियोगितामा सहभागी मध्ये उत्कृष्ट ३० वटा कथालाई समेटेर तयार गरेको कथासंग्रह ‘साहित्य वार्षिक चक्रपाणि’को लोकर्पण समेत गरिएको थियो ।

ट्यागहरू:
सहित्य literature samachar nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गुरुप्रसाद मैनालीको कथा ‘कर्तव्य’ प्रदर्शनी
गुरुप्रसाद मैनालीको कथा ‘कर्तव्य’ प्रदर्शनी
खगिन्द्रा खुसी - बिहिबार २७ नोभेम्बर २०२५
‘अदृश्य आँसु’ सार्वजनिक
‘अदृश्य आँसु’ सार्वजनिक
खगिन्द्रा खुसी - बिहिबार २७ नोभेम्बर २०२५
अभागी थेगुवा विराटचाेकमा सम्मानित
अभागी थेगुवा विराटचाेकमा सम्मानित
दिलिप घिमिरे - आइतबार २३ नोभेम्बर २०२५