वाराणसीमा डा.इन्दुप्रभा देवी र राजु प्रधानलाई मदन स्मारक सम्मान समर्पण

दिलिप घिमिरे · वैशाख १४, २०८३ ८:५० AM
Cover Image for News

झापा १४ बैशाख/विद्या धर्म प्रचारिणी नेपाली समिति,वाराणसीद्वारा डा. इन्दुप्रभा देवी र राजु प्रधानलाई मदन स्मारक सम्मान समर्पण गरिएको छ। 

संस्थाले प्रत्येक दुई वर्षमा भाषा,समाज साहित्य र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान दिने दुईजना व्यक्तिलाई मदन स्मारक सम्मान दिँदै आएको छ। 

यस अवसरमा काशीको पवित्र भूमिको पराडकर भवनमा आयोजित समारोहमा सन् २०२૪ को मदन स्मारक  सम्मान साहित्यकार डा.इन्दुप्रभा देवी र सन् २०२५ को सम्मान वरिष्ठ लेखक तथा रङ्गकर्मी राजु प्रधान 'हिमांशु'लाई  मुख्य अतिथिका रूपमा उपस्थित श्रीमती रूपा दीक्षित जोशीको बाहुलीबाट सम्मान अर्पण गरिएको थियोे ।
हरि अधिकारीको अध्यक्षतामा आयोजित एउटा भव्य कार्यक्रममा प्रो.दिवाकर प्रधान,डा.रविन छेत्री,मदन पुरस्कार गुठीबाट आउनुभएको दीपक अर्याल र शमीक मिश्र,संस्थाका सक्रिय सदस्य हरिश्चन्द्र गौतम,विजय श्रेष्ठ लगायत धेरै प्राज्ञ विज्ञ व्यक्तिको उपस्थिति थियो भने  सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका र काशी हिन्दु विश्वविद्यालयका धेरैजना विद्यार्थी र शोधार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन शोधार्थी छात्र अभिषेक कोइरालाले अत्यन्त चित्ताकर्षक तरिकाबाट गरेका थिए।  

ट्यागहरू:
विश्व कला साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।