विमल गिरीको सातौं कृति`अजम्बरी´को गरियो गृह विमोचन
विमल गिरीको सातौं कृति `अजम्बरी´को गरियो गृह विमोचन
साहित्यकार विमल गिरीको सातौं कृति `अजम्बरी´मुक्तक संग्रहको गृह विमोचन साहित्य चौतारी झापाको आयोजनामा सम्पन्न गरिएको छ ।
आज हिकोला हेरिटेजको सभाहल बिर्तामोडमा एक भव्य कार्यक्रमका बीच कार्यक्रममा प्रमुख अतिथि हरिनारायण भट्टराई, सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरी, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी,साहित्यकार विवश बलिभद्र कोइराला ,साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठ,कृतिकार विमल गिरी,उनकी श्रीमती उषा गिरी,कार्यक्रम संयोजक साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा बरिष्ठ उपाध्यक्ष उर्मिला विमली श्रेष्ठले अजम्बरी मुक्तक संग्रहको गृह विमोचन गरेका थिए।
कार्यक्रममा साहित्य चौतारी झापाका प्रेस सल्लाहकार तुलसीप्रसाद निरौलाले मुक्तककार विमल गिरीको परिचय प्रस्तुत गरेका थिए।
झापा बिर्तामोड–२ चारपाने निवासी कवि, मुक्तककार विमल गिरी हाल युरोपियन मुलुक बेल्जियमको राजधानी ब्रसेल्समा रहेर पनि नेपाली भाषा र साहित्यको विकासमा सक्रिय रहेका छन्।
गिरीको पहिलो कृति २०६५ सालमा गीति एल्बम ‘उपासना’, दोस्रो कृति २०६६ सालमा गीति संग्रह ‘सम्झनाका तरेलीहरु’, तेस्रो कृति २०६८ सालमा मुक्तक संग्रह ‘गोधुली मन’,चौथो कृति २०७२ सालमा मुक्तक संग्रह ‘स्पन्दनका छालहरु’, पाँचौं कृति २०७३ सालमा हाइकु संग्रह ‘विभाजित मन’, छैटौं कृति २०७९ सालमा हाइकु संग्रह ‘सुनाखरी’ र सातौं कृति २०८० सालमा ‘अबम्बरी’ मुक्तक संग्रहको सहित लगातार सातौं कृति प्रकाशित भइसकेको देखिन्छ ।
कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले मुक्तककार विमल गिरीले आफ्नो सातौं कृति अजम्बरी साहित्य चौतारीको सभाहलमा विमोचन गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए ।
कार्यक्रममा साहित्यकार तथा संस्थाका सम्मानित साहित्यकार विवश वलिभद्र कोइरालाले कृतिको समीक्षा गर्दै संरचनाको विधि भित्र रहेर विभिन्न विषय बस्तुमा मुक्तकहरु समेटिएका छन्। लाग्छ एउटै बोटमा फलेका लालगेडी जस्ता विशेषता भएका कुनै सुन जोख्न मिल्ने ,कुनै आँखाका कसिङ्गर झिक्न सकिने र कुनै बिउ मारेर बाली लगाउन मिल्ने मुक्तकहरु रहेका छन्।समग्रमा अजम्बरी कृति अध्ययन गर्न,सङ्ग्रह गर्न र मुक्तक लेखनका लागि सिक्न सकिने कृति रहेको बताए ।
प्रमुख अतिथि हरिनारायण भट्टराईले मुक्तकको इतिहास,विशेषता,कृतिकारको यो डायस्पोरा सृजनाबारे बोलेका थिए ।कार्यक्रममा सहारा अध्यक्ष महेन्द्रकुमार गिरीले कृतिकारलाई बधाई तथा शुभकामना मन्तव्यपछि कृतिकार विमल गिरीले आफू विदेशीनु पर्दाको अनुभूति तथा कृति सृजना र प्रकाशनका अनुभव सुनाएका थिए।
कार्यक्रममा सर्जकहरू मदन भण्डारी,भिजन गुरागाईं र प्रशान्त वाग्लेले मुक्तककार विमल गिरीको अजम्बरी कृतिबाट मुक्तकहरु वाचन गरेका थिए।
कार्यक्रममा पुण्यप्रसाद खरेल,कवि लीला अनमोल,राजेन्द्र संग्रौला,पूर्णचन्द्र श्रेष्ठ, विरही अधिकारी, इन्द्रप्रसाद ओली, केशव भट्टराई, तीर्थ सिग्देल,सुव्रत न्यौपाने,देवीप्रसाद संग्रौला,देवीचरण भण्डारी,नारायण गिरी,डम्बरबहादुर गिरी,विनोद खनाल, मेघनाथ वन्धु,मिना अधिकारी,जय भण्डारी,भरत प्रसाईं,देशु सुब्बा,मिलन संग्रौला, रश्मिशेखर सुवेदीलगायत सयौंको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन सदस्य सुनिता तामाङले गरेकी थिइन्।