उपन्यासकार नीलम कार्की निहारिकाको ‘राजमाता’ सार्वजनिक
झापा १९ चैत्र /मदन पुरस्कार विजेता उपन्यासकार नीलम कार्की निहारिकाको नयाँ कृति ‘राजमाता’ सार्वजनिक भएको छ।भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा संस्कृतिविद् वीणा पौड्याल र लेखक निहारिकाले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभएकाे हाे ।
कार्यक्रममा बोल्दै पौड्यालले ‘राजमाता’ लाई इतिहासमा आधारित सशक्त औपन्यासिक कृति भन्दै यसको अनुसन्धानात्मक गहिराइको प्रशंसा गर्नुभयाे ।