दिव्यविक्रम स्मृति सम्मान भारतका राजालाई प्रदान गरिने

दिलिप घिमिरे · भदौ ३, २०८१ १०:४३ PM
Cover Image for News

दिव्यविक्रम स्मृति सम्मान भारतका राजा  दिइने

यस वर्षको दिव्यविक्रम नेम्वाङ स्मृति पुरस्कार दार्जिलिङको  सुकुनाका कवि राजा पुनियानीलाई प्रदान गरिने भएको छ ।

नेम्बाङको पाँचौं स्मृति दिवसको अवसर पारेर ३० हजार रुपैयाँ राशीको यो पुरस्कार यही भदौ १४ मा पुनियानीलाई झापाको बिर्तामोडमा सम्मान गरिने प्रेस विज्ञप्तिमा जनाइएको छ। 

 कवि, अनुवादक तथा चिन्तकको पहिचान बनाएका पुनियानी नेपाली, हिन्दी, बंगाली तथा अंग्रेजी भाषामा साहित्य सृजना गर्ने शक्तिशाली स्रष्टा हुन्।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेम्वाङ स्मृति प्रतिष्ठानाका अध्यक्ष नन्दहाङ नेम्वाङले दार्जिलिङका नेपालीभाषी साहित्यकार पुनियानीलाई पुरस्कार प्रदान गर्न लागिएको जनाएका छन्।

राजनीतिज्ञ, समाजसेवी एवं साहित्यकार नेम्वाङको स्मृतिमा स्थापित यो पुरस्कारबाट यसअघि कवि प्रकाश थाम्सुहाङ, साहित्यकार कृष्ण बराल र लेखक उपेन्द्र सुब्बा पुरस्कृत भइसकेका छन् । सीमापारिका सर्जकलाई भने पहिलो पटक यो पुरस्कार प्रदान गर्न लागिएको हो ।
पुनियानीका ‘अर्को लस्कर’ र ‘तङसिङ’बहुचर्चित कविता कृति प्रकाशित छन् ।

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू