दुर्घटनामा परेर बाँचेका पदमकुमार श्रेष्ठको ´अर्को जन्म` !
दुर्घटनामा परेर बाँचेका पदमकुमार श्रेष्ठको ´अर्को जन्म`!
८गते कार्तिक /पदमकुमार श्रेष्ठको `अर्को जन्म` कृति आज चैनपुर समाज सेवा युवा क्लवको आयोजनामा विमोचन गरिएको छ।
अर्को जन्म कृति जीवनीमा आधारित पुस्तक हो। चैनपुर बजारको दिलकुमारी स्मृति सभाहलमा चैनपुरकि उपमेयर कार्यक्रमकी प्रमुख अतिथि एलिना श्रेष्ठले कृतिको विमोचन गरेकी थिइन् ।कृतिले चैनपुरलाई चिनाउन र इतिहास राख्न सफल भएको प्रमुख अतिथि श्रेष्ठको धारणा थियो ।
२०४१ साल पुष ८ गते शनिबार तुम्लिङटारबाट काठमाडौ उडेको शाही नेपाल वायुसेवा निगमको टुइनेटर जहाज भोजपुर जिल्लाको चप्लेटी भन्ने डाँडामा ठोक्किएर दुर्घटना भएको थियो। उक्त दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए भने सात जना बाँच्न सफल भएका थिए। सो दुर्घटनामा परेर बाँचेकामध्येका एक श्रेष्ठको कृति विमोचन गरिएको हो।
कार्यक्रममा पुस्तक बारे चन्द्रमणि दाहाल, विनिता बोगटी, रविन्द्र नेयोङ,भीम कार्की, सुरेश रिमाल, सन्दिप नेपालले टिप्पणी गरेका थिए ।
विमोचन कार्यक्रम चैनपुर समाज सेवा युवा क्लवका अध्यक्ष रञ्जन श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा क्लवका उपाध्यक्ष उमेश शाक्यले स्वागत मन्तव्य ,लेखकका छोरा अर्जुन श्रेष्ठले धन्यवाद मन्तव्य राखेका थिए । पुस्तकको प्रकाशकीय झमेला सहितको अनुभव लेखकका अर्का छोरा नवीन श्रेष्ठले राखेका थिए ।
उक्त पुस्तक लेखकको जीवनको संस्मरण हो ,जहाँ कृषि, शिक्षा , पर्यटन ,संस्कृति,सामाजिक पक्ष अनेक पक्षको वर्णन कृतिमा रहेको सो कृतिका सम्पादक तथा कार्यक्रम सञ्चालक एकु घिमिरेले जानकारी दिए।