दोमुखा काव्य उत्सव प्रेस क्लबले सम्पन्न गर्यो

दिलिप घिमिरे · भदौ २३, २०८१ १०:४४ AM
Cover Image for News


 पर्यटनका लागि साहित्य दोमुखा काव्य उत्सव सताक्षी प्रेस क्लबको आयोजनामा आज सम्पन्न गरिएको छ।
 दोमुखालाई  धार्मिक तथा पर्यटन क्षेत्रमा विकास गराउने उद्देश्यले  
 झापाको पर्यटकीय क्षेत्र दोमुखामा शनिबार दोमुखा काव्य उत्सव कार्यक्रम गरेको हो । 

दोमुखा भएको हुदाँ कार्यक्रममा दुई प्रमुख अतिथि शिवसताक्षी नगरपालिका प्रमुख मेघाहाङ थोप्रा र वरिष्ठ साहित्यकार कृष्ण बराल रहेका थिए ।सताक्षी प्रेस क्लबका अध्यक्ष सेलिङ केसीको अध्यक्षतामा र साहित्य क्षेत्र मुर्धन्य व्यक्तिहरुको उपस्थिति उत्सव  सम्पन्न गरिएको हो ।
 काव्य उत्सवमा प्राज्ञद्वय मुनाराज सेर्मा, सुस्मिता वाङ्गदेल चेली, गजलकार केशव आचार्य, देवान किराती,अभागी थेगुवा, लीला अनमोल, तेजेन्द्र घिमिरे,निअाङ किराती भगवती ढुंगेललगायतका  साहित्यकार तथा गजलकारहरुले आफ्नो सृजना वाचन गरेका  थिए ।
 कार्यक्रमा अधिकांश साहित्यकार स्रष्टाहरुले बाटो बनाउनु, अन्य भौतिक संरचना बनाउनु मात्र विकास नभई, पठन सस्कृति, लेखन संस्कृति र संस्कृति साहित्यको विकास गर्दा मात्र समग्र देश र राष्ट्रको विकास हुने धाराणा राखेका थिए ।
कार्यक्रममा नगरप्रमुख थोप्राले पठन संस्कृतिको विकासका लागि नगरपालिकालले ज्ञान घरको अवधारण ल्याएर ३ स्थानमा निर्माण सम्पन्न गरेको र विभिन्न ज्ञानका किताव साहित्य, गजल आदीका पुस्तकहरु राखिएता पनि त्यहाँ गएर पढ्ने संस्कृतिका विकास नहुँदा समस्या आएको बताए ।
  उनले भने, नगरपालिका भित्र शिवसताक्षी साहित्य संगम, साहित्यको विकासमा काम गर्ने नवनासो साहित्य प्रतिष्ठान आदि नाम गरेका संस्थाहरु पनि छन् । उनीहरु मार्फत केही साहित्यिक कार्यक्रमहरु गरिदैछ आएको छ । उनले भने,दोमुखा क्षेत्रमा नगरपालिकाले केही काम गर्न बाँकी छ ।अर्को वर्ष  नगरपालिकाले बृहत साहित्यिक कार्यक्रमको आयोनजा गर्ने छ ।
कार्यक्रममा प्रमुख अतिथिद्वय मेघाहाङ थोप्रा र कृष्ण बरालले स्रष्टा मेची पुत्रलाई नगदसहित सम्मान पत्रले सम्मानित गरिएका थिए ।
शिवसताक्षी प्रेस क्लबका सल्लाहकार दिलिप घिमिरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन साहित्यकार विवश बलिभद्र कोइरालाले  गरेका थिए ।

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू