दिलिप घिमिरेको गजल

दिलिप घिमिरे · जेठ २९, २०८१ ६:०४ PM
Cover Image for News

गजल 
                                       - दिलिप घिमिरे
हावाले  खै के सुनायो, उस्लाई मेरो याद आयो
आज त्यसै मन रमायो, उस्लाई मेरो याद आयो

मेरो खबर उसैबाट, सोधिएको सुन्नु थियो
कानले त्यही सुन्न पायो, उस्लाई मेरो याद आयो

बसौँ जीवन यस्तो बित्यो, मानौं सादा पाना थियो
जीन्दगीमा रङ्ग छायो, उस्लाई मेरो याद आयो

नाचौँ कि उफ्रिऊँ म, या उडौं म चरीसरि
शरीर नै सल्बलायो, उस्लाई मेरो याद आयो

कसरी म ऋण तिरौं, मेरो त्यो ईश्वरको
जस्ले यो खुसी जुरायो, उस्लाई मेरो याद आयो।

टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गजल - मान्छे म
गजल - मान्छे म
टिकाराम कार्की (बगर) पोष्ट - खगिन्द्रा खुसी - बुधबार ९ अक्टोबर २०२४
एउटा गजल
एउटा गजल
प्रेम राई परीक्षित पोष्ट- गिन्द्रा खुसी - सोमबार २३ सेप्टेम्बर २०२४
आमा म अब लायक भएँछु सास बन्न
आमा म अब लायक भएँछु सास बन्न
प्रदीप रोदन पोष्ट - खगिन्द्रा खुसी - शनिबार १० अगष्ट २०२४
बहर
बहर
खगिन्द्रा खुसी - बिहिबार १८ जुलाई २०२४