"पोतपवित्रा-प्रवीण स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार- २०८३" अग्रज स्रष्टा देवीप्रसाद वनवासीलाई

दिलिप घिमिरे · असोज १८, २०८३ ७:०५ PM
Cover Image for News

झापा १८ असोज/पहिलो पोतपवित्रा-प्रवीण स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार- २०८३" बाट अग्रज स्रष्टा देवीप्रसाद वनवासीलाई प्रदान गरियो । 

करादीखोलास्थित कमला-ज्ञानप्रसाद उपाध्यायको घरपरिवारको तर्फबाट आफ्ना स्वर्गीय बुबा-आमा पोतप्रसाद उपाध्याय, पवित्रादेवी उपाध्याय र छोरा चेतनारायण उपाध्याय "प्रवीण" को स्मृतिमा हरेक वर्ष प्रदान गर्नेगरी स्थापना गरिएको पहिलो पोतपवित्रा-प्रवीण स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार- २०८३ स्याङ्जाको वालिङ,त्रियासी, शङ्खरेडाँडामा १९९७ कार्तिक २७ गतेका दिन जन्मिएर वि.सं. २०२० जेठमा "माछापुच्छ्रेको काख" शीर्षकमा (झ्याउरे लयमा लेखिएका कविताहरू) आफ्नो पहिलो साहित्यिक कृति प्रकाशित गरी नेपाली साहित्यको क्षेत्रमा क्रियाशील अग्रज स्रष्टा व्यक्तित्व देवीप्रसाद वनवासीलाई प्रदान गरिएको छ । 

उक्त पुरस्कार आज दिउँसो करादीखोलास्थित उपाध्याय निवासमा आयोजित अनौपचारिक समारोहमा समर्पण गरिएको हो । 

पुरस्कार राशि ११,१११/- (अक्षरेपि एघार हजार एक सय एघार रुपियाँ) रहेको यो पुरस्कारको पहिलो संस्करण देवीप्रसाद वनवासीलाई प्रदान गरिएको हो । 

नेपाली भाषा, वाङ्मय र लोकसंस्कृतिको क्षेत्रमा क्रियाशील रहेर महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएका राष्ट्रियस्तरका एकजना सिर्जनशील अग्रज र युवा स्रष्टालाई वि.सं. २०८३ सालदेखि एक विशेष साहित्यिक समारोहको आयोजना गरेर हरेक वर्ष अग्रज र युवा स्रष्टालाई आलोपालो गरेर पुरस्कृत/ सम्मानित गर्ने पवित्र उद्देश्यले स्याङ्जा, करादीखोलाका कमला-ज्ञानप्रसाद उपाध्यायका घरपरिवारको तर्फबाट "पोतपवित्रा-प्रवीण स्मृति पुरस्कार कोष" को स्थापना २०८१ मा गरिएको थियोे । 

स्व. पोतप्रसाद उपाध्याय, स्व. पवित्रादेवी उपाध्याय र स्व. प्रवीण ज्ञवालीको स्मृतिमा स्थापना गरिएको उक्त साहित्य पुरस्कारको नगद राशि पहिलो वर्ष एघार हजार एक सय एघार, दोस्रो वर्ष बाह्र हजार दुई सय बाह्र र तेस्रो वर्ष तेह्र हजार तीन सय तेह्र हुँदै सोहीअनुसार पुरस्कार राशिमा वृद्धि गर्दै लगिने कुराको जानकारी परिवारको तर्फबाट पुरस्कार कोषका संस्थापक रामचन्द्र उपाध्यायद्वारा गराइएको छ ।

ट्यागहरू:
साहित्य #पर्यटन साहित्य #जीवनी
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।