दि लिटरेरी सोसाइटी अफ भूटानको अध्यक्षमा तिलक राई

दिलिप घिमिरे · साउन २७, २०८१ ११:४५ AM
Cover Image for News

दि लिटरेरी सोसाइटी अफ भुटान, बेलडाँगी दमकको साधारण सभाबाट तिलक राईको अध्यक्षतामा सात सदस्यीय कार्य समिति  चयन गरिएको छ ।
 त्यस्तै उपाध्यक्ष दिल भूटानी,सचिव बिरेन मगर,कोषाध्यक्ष थिरु घिमिरे ,सदस्यहरूमा अविलाल राई,गणेश धिमाल र मिरादेवी घिमिरे सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलले घोषणा गरेको थियोे ।निर्वाचन समितिमा सञ्चहाङ सुब्बा ,आशा राई र पूर्ण गुरुङ रहेका थिए ।

photo
साहित्य स्रष्टा बलराम पौड्यालको प्रमुख आतिथ्य र तिलक राईको सभापतित्वमा साधारणसभा साउन २६ गते शनिबार सम्पन्न गरिएको थियो ।कार्यक्रममा रिन्जिन दोर्जी र डि बि सुब्बाको विशेष आतिथ्यता रहेको थियोे ।

 प्रथम साधरण सभाको पहिलो सत्रमा संस्थाको विधान,आर्थिक प्रतिवेदन ,नीति तथा कार्यक्रम र भूटानी साहित्यको संक्षिप्त इतिहास दस्तावेजहरुमाथि  छलफल तथा निर्णय गरिएको संस्थाका सचिव साहित्यकार बिरेन मगरले बताए ।
 `देशसँग साहित्य´भन्ने नारा सार्थक पार्न पनि यो सोसाइटीको जन्म भएको र आफ्नो मौलिकता र पहिचान जोगाउने साहित्यको माध्यमबाट लागि परेको  साहित्यकार दिल भुटानीले बताए ।

 धेरैजसो शरणार्थी तेस्रो मुलुक गएपछि भुटानी विचार,भावना र आन्दोलन नसेलाओस् भनी यो सोसाइटी निर्माण गरी आफ्नो सोच पोखिरहेको र निरन्तर चलिरहने साहित्यकार तिलक राईले प्रतिबद्धता जनाए । 
 कार्यक्रममा स्वागत मन्तव्य अविलाल राईले गरेका थिए भने कार्यक्रम सञ्चालन बिरेन मगरले गरेका थिए ।

photo

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
कवि रवि गिरीको 'शान्तिको खोज' विमोचन
कवि रवि गिरीको 'शान्तिको खोज' विमोचन
खगिन्द्रा खुसी - शुक्रबार १९ डिसेम्बर २०२५
जगदीश घिमिरे स्मृति पुरस्कार-२०८१, २०८२घोषणा
जगदीश घिमिरे स्मृति पुरस्कार-२०८१, २०८२घोषणा
खगिन्द्रा खुसी - शुक्रबार १९ डिसेम्बर २०२५
घरदलान्को वार्षिकोत्सब सम्पन्न
घरदलान्को वार्षिकोत्सब सम्पन्न
लक्ष्मी रिजाल - शनिबार १३ डिसेम्बर २०२५