शैली साहित्य समाजमा रचनावाचन सम्पन्न
२०८२- माघ ३ गते शनिबार । शैली साहित्य समाजको नियमित साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष श्रीमती मञ्जुश्री प्रधान के.सी रानुको सभाध्यक्षता तथा प्रमुख आतिथ्य सुसेली मञ्चका अध्यक्ष श्री दुर्गा अधिकारी भमरकोटेको रहेको थियो । कार्यक्रमको सञ्चालन उपाध्यक्ष डिल्लीप्रसाद मूलतिहुनले गर्नुभएको थियो भने
पानसमा दीप प्रज्वलनगरी कार्यक्रमको सुरुवात गरिएको थियो । उपस्थित साहित्यकारहरु मध्ये संस्थाका सदस्य प्रदीप महर्जन र रस्मिता मगरले खादा लगाएर स्वागत गर्नु भएको थियो। प्रदीप महर्जनको स्वदेश गानपछि कविता वाचन कार्यक्रम सुरु भएको कार्यक्रममा विशेष अतिथि श्री ममता मृदुलले मनतव्यका साथै लघुकथा वाचन गर्नु भएको थियो। १४ जना कविहरूले कविता वाचन गर्नु भएको कार्यक्रममा कविता वाचन गर्ने कविहरुमा रामशरण न्यौपाने, मान्धर अभागी, संगीता ठाकुर,शान्ती चौधरी, रञ्जना पराजुली, राममणी ढुंगेल, रामकुमार पण्डित, डिल्ली प्रसाद मुलतिहुन, मञ्जुश्री प्रधान के सी रानु, हुनुहुन्थ्यो । प्रमुख अतिथि सुसेलीकाअध्यक्ष दुर्गा अधिकारी भमरकोटेले सुसेलीबाटै वाचित कविताहरुको समीक्षा गर्नु भएको थियो । अन्तमा सभापति मञ्जुश्री प्रधानले खुसी व्यक्त गर्दै कार्यकक्रमको विसर्जन गर्नु भएको समाचार स्रष्टा रामकुमार पण्डितबाट प्राप्त भएको छ।