शृंगारिक गजलकार प्रकट पंगेनी ‘शिव’को निधन
![Cover Image for News](https://nepalisahitya.com/storage/112/01HVKZ2EPT902X9G4226XGRJGV.jpg)
शृंगारिक गजलमार्फत आफ्नो छुट्टै पहिचान बनाएका साहित्यकार, गजलकार तथा गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ ।
निमोनिया र जन्डिसका कारण स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि सोमबार अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मंगलबार निधन भएको हो । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।
कास्कीको रूपा गाउँपालिका घर भएका ७० वर्षीय पंगेनी सोमबार अस्पताल भर्ना भएसँगै भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । उनको उपचारका लागि आर्थिक जटिलता भएको र त्यसका लागि पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा आर्थिक संकलन सुरु भए पनि उनी संसार छाडी बिदा भएका छन् ।
उनकाे बुधबार दाहसंस्कार गरिने परिवारजनले जानकारी दिएका छन् ।
प्रकटको ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ...’ भन्ने गीत निकै चर्चित छ । १५ सय बढी गीत रचना गरेका उनका ६० हाराहारीमा गीतहरू रेकर्ड भएका छन् भने ‘यो मन कतै अल्झेको छ’ र ‘जुनको चिठी जुनलाई’ दुई गीतसंग्रहसँगै ‘प्रणय वेदका ऋचाहरू’ गजलसंग्रह प्रकाशन भएका छन् ।
साहित्य साधनामा ३० को दशकदेखि क्रियाशील प्रकट ०३९ सालमा भएको नाटक महोत्सवमा सर्वोत्कृष्ट अभिनेता घोषित भएका थिए । आफ्नाे जन्मगाउँ रूपामा फार्म र कटेज सञ्चालनको तयारीमा जुटिरहेका प्रकट नफर्कने गरी बिदा भएका छन् ।
![User](https://nepalisahitya.com/images/user.png)
![बिराटनगरमा सहकारीले गर्यो साहित्य सिर्जना र सम्वाद कार्यक्रम](https://nepalisahitya.com/storage/212/01J3QW46V6FA3EHC4TH8AS6ZJ5.jpg)
![बिर्तामोडमा साहित्य कला साँझ कार्यक्रम सम्पन्न](https://nepalisahitya.com/storage/211/01J3QVEB81Q26A68ARK06T0HDX.jpg)
![आमा र आमाका साथीहरू](https://nepalisahitya.com/storage/208/01J3Q0GR52711GZNEJNX36GKGD.jpg)
![अभागीको सपनाहरूको बही कृतिमाथि बिमर्श](https://nepalisahitya.com/storage/207/01J3NHYCYH88W3Q9D69801FS6G.jpg)