स्याङ्जामा ‘देवकोटा काव्य उत्सव-२०८२’ सम्पन्न

खगिन्द्रा खुसी · कार्तिक २५, २०८२ ९:३८ PM
Cover Image for News

स्याङ्जामा ‘देवकोटा काव्य उत्सव-२०८२’ सम्पन्न गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीको अवसरमा स्याङ्जा साहित्य प्रतिष्ठान तथा कालिका पुस्तकालय, भीरकोट नगरपालिका–७, बलमाटा, स्याङ्जाको संयुक्त आयोजनामा शनिबार सम्पन्न  भएको सो उत्सब भीरकोट नगरपालिका– वडा नं ७ को सहयोगमा  गरिएको हो ।

फोटो
मुक्तककारहरु विष्णु पङ्गेनी पाण्डे, पारिश्वर न्यौपाने, विक्रम संवत, मुनाल गोदार र शोभाकान्त रेग्मीले मुक्तक रचना वाचन गरेका कार्यक्रममा गजलकारहरु लक्ष्मी काफ्ले, दिलीप तिवारी, खगेन्द्रजङ्ग थापा, कृष्ण खड्का, नारायण न्यौपाने र झवनाथ बस्यालले गजल वाचन गरेका थिए । स्याङ्जामा पहिलोपटक आयोजना गरिएको देवकोटा साहित्य उत्सवमा कविहरु चिन्तु गिरी, अग्निकुमार रेग्मी पल्लव, अनन्त अर्याल, दुर्गाबहादुर रोकाहा, शालिकराम लम्साल, चण्डिकाप्रसाद भट्टराई, लोकहरि पाण्डेय क्षितिज, ध्रुवप्रसाद शर्मा पङ्गेनी, यमप्रकाश खनाल, हरिप्रसाद पङ्गेनी, ढालबहादुर के.सी., राजेन्द्रकुमार श्रेष्ठ, इन्द्रप्रसाद पाठक, कमला अधिकारी सिग्देल, प्रेमबन्धु सुवेदी, प्रकाश न्यौपाने चौरासपति, राजु गैह्रे, शम्भु अर्याल, स्मारिका अर्याल, गोविन्दशरण रेग्मी, सुबोध रेग्मी, हिमाङ्शु अर्याल र हिमालयजङ्ग बानियाँले कविता वाचन गरेका थिए ।
 
 

ट्यागहरू:
सहित्य कविता samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।