सताक्षीधाममा भक्तिपरक छन्द कविता वाचन प्रतियोगिता, हरि पराजुली प्रथम

दिलिप घिमिरे · असोज २५, २०८३ ८:२३ PM
Cover Image for News


 झापा २५ असोज /सताक्षीधाममा भक्तिपरक छन्द कविता वाचन प्रतियोगिता, हरि पराजुली प्रथम भएका छन्।

झापाको प्रसिद्ध धार्मिक तीर्थस्थल सताक्षीधाममा रहेको गोलोक गोवर्धन गौशालाको आयोजनामा जिल्ला स्तरीय भक्तिपरक छन्द कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ।
 
गोलोक गोवर्धन गौशालाको सभाहलमा आयोजित प्रतियोगितामा जयप्रसाद आचार्य द्वितीय र जीवनहरि शर्मा तृतीय हुनुभएको छ। त्यस्तै, मोक्ष खतिवडाले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको आयोजकले जनाएको छ। 

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने स्रष्टाहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा जिल्लाका २७ जना कवि तथा कवयित्रीहरूले सहभागिता जनाएका थिए। सहभागी स्रष्टाहरूले गाईको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्व, गौरक्षाको आवश्यकता र गाई संरक्षणसम्बन्धी विषयलाई समेटेर भक्तिपरक छन्दमा कविता वाचन गरेका थिए। 

गाईको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा क्रियाशील गोलोक गोवर्धन गौशालाले धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरेको हो। प्रतियोगिताले साहित्यका माध्यमबाट गौरक्षाको सन्देश प्रवाह गर्नुका साथै कवि तथा साहित्यकारहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरेको आयोजकको विश्वास छ।

फोटो
कार्यक्रममा श्री गोवर्धन गौशालाका संरक्षक तथा अध्यक्ष आचार्य नन्दकिशोर भारद्वाजले गाईको धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्वलाई समाजका सबै तहसम्म पुर्‍याउन तथा गौरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्न जिल्ला स्तरीय कविता वाचन प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो। 

उहाँले साहित्य र सिर्जनाका माध्यमबाट गाईको महत्त्व उजागर गर्दै गौरक्षाको अभियानलाई थप प्रभावकारी बनाउन सकिने बताउनुभयो। 

कार्यक्रममा झापाका ६० बढी साहित्य श्रष्ठा र विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहित १ सय बढीको उपस्थिति रहेको थियो । साहित्यकार कमलप्रसाद पोख्रेलको प्रमुख आतिथ्यमा भएको प्रतियोगिताको सञ्चालन गोलोक गोवर्धन गौशालाका सचिव मदनमोहन अधिकारी गर्नुभएको थियो ।

ट्यागहरू:
भाषा #शिक्षा #साहित्य#धर्म संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।