२५ असोज, झापा । राजधानीमा गोविन्दप्रसाद घिमिरे वेदमणिद्वारा लिखित नैतिक बालकथा 'आमाको माया' लोकार्पण गरिएको छ । असोज २४ गते गोकर्णेश्वर नपा नयाँबस्ती जोरपाटीमा सम्पन्न भएको एक कार्यक्रममा सो कृतिको विमोचन भएको हो । अभिनव साहित्य समाजको २९७ औं शृङ्खला अन्तर्गत सम्पन्न उक्त कार्यक्रममा शुभकामना आदानप्रदान तथा कवि गोष्ठी समेत गरिएको थियो ।
फोटो विमल अर्यालको सभापतित्व र सुसेलीका प्रतिपादक दुर्गा अधिकारी भमरकोटेको प्रमुख आतिथ्यमा तथा समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे वेदमणिको सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सभाध्यक्षको नव लोकार्पित पुस्तकको विषयमा का.स. दिलीप अर्यालले सामान्य परिचयात्मक टिप्पणी र पुस्तक लेखकले पूर्ण कार्यक्रम र वाचित रचनाकाको टिप्पणी गर्नुभएको थियो । कविता वाचन गर्नेहरू दिव्यलक्ष्मी पोखरेल र दुर्गा घिमिरेलाई उत्कृष्ट रचना वाचन गरेवापत प्रोत्साहन पुरस्कार प्रदान गरियो । अन्य कविता वाचन गर्नेहरूमा सुशील आचार्य, द्वारिका चालिसे, कविराज घिमिरे, ओमप्रसाद कोइराला, रत्ननिधि रेग्मी, वासुदेव पाैडेल, पुनम घिमिरे, देवीप्रसाद चापागाई, दिल्लीप्रसाद मुलतिउन, घनश्याम प्रसाईं, नवराज पुडासैनी, सुमन पुडासैनी, बीपी इलामे, महेश्वर खनाल, गीता बराल, निर्मल रमण पराजुली, दिलीप अर्याल, निर्मल अर्याल, शर्मिला तिमल्सिना, श्रीकृष्ण पुडासैनी लगायत ३० जना रहेका थिए ।
ट्यागहरू:
literature
samachar
nepalisahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।