मदन पुरस्कार जोशीलाई र जगदम्बाश्री पुरस्कार खरेललाई प्रदान

दिलिप घिमिरे · असोज २५, २०८३ ७:२७ PM
Cover Image for News

झापा २५ असोज /‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ पुस्तक लेखक वीणा जोशीलाई मदन पुरस्कार र गीतकार किरण खरेललाई जगदम्बाश्री पुरस्कार प्रदान गरिएको छ। 

विराटनगरमा जन्मिई काठमाडौँमा हुर्किएकी जोशीलाई २०८२ सालको मदन पुरस्कार अर्पण गरिएको हो। नृत्य कलाविद् जोशीको ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ पुस्तक २०८३ जेठ ३ गते विमोचन भएको थियो।

१ हजार ४ सय लामो पेजको यस पुस्तकमा १७ वटा खण्ड छन्। काठमाडौँ उपत्यकाभित्र लोपोन्मुख तान्त्रिक तथा परम्परागत देवीदेवताका मुकुण्डो नाचहरू (ख्वपाः प्याखं)र तिनका गुरुहरूको इतिहास जोशीद्वारा लिखित यस पुस्तकमा समावेश छन्। 

साथै ६ दशकभन्दा लामो समयदेखि नेपाली गीत लेखनको क्षेत्रमा समर्पित भई नेपाली भाषा र वाङ्मयको श्रीवृद्धिमा योगदान पुर्‍याएका खरेललाई जगदम्बाश्री पुरस्कार प्रदान गरिएको हो।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।