स्रष्टा चन्द्र मादेनको आन्छनका कथाहरू र माधुर्य तिम्रो बोलीको लोकार्पण

दिलिप घिमिरे · साउन २५, २०८१ १०:५७ PM
Cover Image for News


  नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ सभाकक्षमा स्रष्टा चन्द्र मादेनको कथासङ्ग्रह आन्छनका कथाहरू र माधुर्य सुशील तिम्रो बोली गीतसङ्ग्रहको  एकैसाथ लोकार्पण गरिएको छ।

 मञ्जरी पब्लिकेसन प्रा.लि.बाट प्रकाशित ताप्लेजुङका आन्छनको यो कथासङ्ग्रह हो भने यो गीतसङ्ग्रहलाई खोटाङका नवीन राईले सङ्गीतबद्ध गर्नुभएको छ ।

  मनोहरा साहित्य समाजको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख आमन्त्रित अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानमका कुलपति भूपाल राई हुनुहुन्थ्यो भने अध्यक्षता मनोहराका अध्यक्ष  डिल्लीराज अर्यालले गर्नुभयो ।

 विशिष्ट आमन्त्रित अतिथिहरूमा डा. तुलसी भट्टराई ,प्रगति राई,जशध्वज गुरुङ ,राजेश्वर थापा, नन्दकुमार प्रसाईं,गोपीकृष्ण प्रसाईं ,डिल्लीजङ्ग मादेन,चिरञ्जीवी रेग्मी हुनुहुन्थ्यो। 
 यसपछि कृति लोकार्पणको पहिलो चरणमा-माधुर्य सुशील  तिम्रो बोली गीतसङ्ग्रहको विमोचन कुलपति भूपाल राईज्यूबाट सङ्गीतबद्ध गीतको रेकर्ड स्वीचअन गरेर गर्नुभयो ।
 दोस्रो चरणमा आन्छनका कथाहरूको सामूहिक विमोचन मञ्चासीन विशिष्ट आमन्त्रितहरूबाट सम्पन्न भयो ।

 कार्यक्रममा ध्रुवनारायण श्रेष्ठ ,हिमाल श्रेष्ठ,इन्द्र श्रेष्ठ ,बखतबहादुर थापा,बुद्धिसागर पौड्याल,बद्रीकाजी गुरुङ ,विष्णु तुम्वाहाम्फे,दिनेश घले,खगेन्द्र माखिम,राजेन्द्र राई,विनोद मञ्जन ,राई नवीन,डम्बर घिमिरे ,अनुमा मादेन, चेतनाथ धमला,रामभक्त श्रेष्ठ ,सनी लिम्बू ,मित्र लिङ्देन,स्वप्निल स्मृति , सचित राई,महेन्द्र राई,तुलाराम गुरुङ ,निर्मला श्रेष्ठ मादेन,प्रवीन जोशी,विमला तुम्खेवा लगायत सयौंको संख्यामा साहित्यकार ,साहित्यानुरागी,पत्रकारहरूको उपस्थिति रहेको मनोहरा साहित्य समाजका कोषाध्यक्ष खोलाघरे साईँलोले जानकारी दिए।

 कार्यक्रममा  प्रमुख आमन्त्रित अतिथि भूपाल राईले कृतिकारलाई शुभकामना मन्तव्य दिनुभएपछि नन्दकुमार प्रसाईं, गोपीकृष्ण प्रसाईं,राजेन्द्र राई र लेखकका काका डिल्लीजङ्ग मादेनले समेत शुभकामना मन्तव्य राखेका थिए।


 आन्छनका कथाहरूको समालोचकीय मन्तव्य दिने क्रममा पहिलोपल्ट समालोचक ,आधुनिक धारकी लेखक प्रगति राईबाट र दोस्रोपल्ट प्रज्ञाका पूर्व सदस्यचिव डा. तुलसी भट्टराईले दिनुभएको थियोे ।
 छोटोमिठो स्वागत मन्तव्य मनोहराका उपाध्यक्ष जशध्वज गुरुङले गर्नुभयो भने कार्यक्रमको सञ्चालन मनोहरा साहित्य समाजका सचिव भावकेशर बरालले गर्नुभयो । 

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू