सरुभक्तका सातवटा कविता-कृतिहरू समेटिएको महाग्रन्थ “सरुभक्तका कविता" लोकार्पण गरिने
झापा, माघ ७ । ख्यातिप्राप्त स्रष्टा सरुभक्तका ७ कविता–कृतिहरू समेटिएको महाग्रन्थ “सरुभक्तका कविता" लोकार्पण हुने भएको छ । मदन पुरस्कार विजेता उपन्यास पागल वस्ती तथा तरुनी खेती लगायत दर्जनौं कृतिका कृतिकारको जन्मस्थल पोखरामा सो कार्यक्रमको आयोजना गरिने भएको हो ।
कार्यक्रम माघ १० गते शनिबार पोखरा उद्योग वाणिज्य संघको अमृत कक्ष, गैह्रापाटन पोखरामा पोखरेली युवा सांस्कृतिक पारिवारको आयोजनामा सम्पन्न हुने भएको कुराको जानकारी स्रष्टा उषा शेरचनबाट प्राप्त भएको छ ।
विचारका योद्धा , साहित्यबाट विद्रोह र प्रेम सौन्दर्यचेत बोल्ने, शब्दका अथक साधक, अनुज पुस्तालाई मार्गदर्शन गर्ने , कलमबाट समाज बोल्ने नेपाल संगीत तथा नाट्य प्राज्ञ प्रतिष्ठानका पुर्व कुलपति स्रष्टा सरुभक्तका यस अघि नै प्रकाशित भएका सातवटा कविता कृतिहरुको सङ्गालो हो “सरुभक्तका कविता" ।
ट्यागहरू:
सहित्य
literature
samachar
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
नेपाल लिटरेरी ग्रुपको पोयट्री विद लाट्टे साँझ सम्पन्न
दिलिप घिमिरे - शनिबार १९ सेप्टेम्बर २०२६
सेभेन सिज अङ्ग्रेजी माविका विद्यार्थीसँग साहित्य कार्यक्रम सम्पन्न
दिलिप घिमिरे - शुक्रबार १८ सेप्टेम्बर २०२६
‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, धरावासी र आचार्यलाई पद्मश्री सम्मान प्रदान गरिने
दिलिप घिमिरे - बिहिबार १७ सेप्टेम्बर २०२६
रमेश प्रभातको ‘आँगनीमा फूल रोपेँ’ गजल सङ्ग्रह प्रकाशित
दिलिप घिमिरे - बुधबार १६ सेप्टेम्बर २०२६