सरुभक्तका सातवटा कविता-कृतिहरू समेटिएको महाग्रन्थ “सरुभक्तका कविता" लोकार्पण गरिने
झापा, माघ ७ । ख्यातिप्राप्त स्रष्टा सरुभक्तका ७ कविता–कृतिहरू समेटिएको महाग्रन्थ “सरुभक्तका कविता" लोकार्पण हुने भएको छ । मदन पुरस्कार विजेता उपन्यास पागल वस्ती तथा तरुनी खेती लगायत दर्जनौं कृतिका कृतिकारको जन्मस्थल पोखरामा सो कार्यक्रमको आयोजना गरिने भएको हो ।
कार्यक्रम माघ १० गते शनिबार पोखरा उद्योग वाणिज्य संघको अमृत कक्ष, गैह्रापाटन पोखरामा पोखरेली युवा सांस्कृतिक पारिवारको आयोजनामा सम्पन्न हुने भएको कुराको जानकारी स्रष्टा उषा शेरचनबाट प्राप्त भएको छ ।
विचारका योद्धा , साहित्यबाट विद्रोह र प्रेम सौन्दर्यचेत बोल्ने, शब्दका अथक साधक, अनुज पुस्तालाई मार्गदर्शन गर्ने , कलमबाट समाज बोल्ने नेपाल संगीत तथा नाट्य प्राज्ञ प्रतिष्ठानका पुर्व कुलपति स्रष्टा सरुभक्तका यस अघि नै प्रकाशित भएका सातवटा कविता कृतिहरुको सङ्गालो हो “सरुभक्तका कविता" ।
ट्यागहरू:
सहित्य
literature
samachar
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
“मधुपर्क”को सम्पादकमा तुलसीहरि कोइराला नियुक्त
खगिन्द्रा खुसी - बुधबार २१ जनवरी २०२६
`काव्य काफिया´चितवनमा कवि दोस्ताजको एकल वाचन
दिलिप घिमिरे - मङ्गलबार २० जनवरी २०२६
‘कपिल लामिछानेको लघुकथा लोकार्पण तथा सम्पादक/प्रकाशक सम्मानित
दिलिप घिमिरे - मङ्गलबार २० जनवरी २०२६
चुलाचुलीमा विद्यार्थीहरुका लागि "१० दिने अभिनय कार्यशाला" सम्पन्न
खगिन्द्रा खुसी - मङ्गलबार २० जनवरी २०२६