आमा र आमाका साथीहरू
खन्यु खोल्सापारि
एक्लेनी ठूली, लामगादे कान्छी
वारि माखोती साइँली, विष्टेनी जेठी.....
आमाका मिल्ने साथीहरु ।
घाँस र दाउरा जानु पनि उनीहरुसँगै पर्म खेल्नु
हाट र बजार या कतै जानुपरे पनि उनीहरुसँगै
कहाँ-कहाँ जन्मिएर उनीहरु भेट भए यसरी
एउटा आयतकार पृथ्वीको एकै कुनामा
भेट हुँदा बेला-बेला गफिन्थे
'लेखान्त त होला नि कान्छी !
र त भेटियो यसरी...
दुःखले पनि खाई नसक्ने
ज्यान छ हाम्रो हगि त साइँली !
तर
बिस्तारै-बिस्तारै आमाहरुलाई
दुःखले नै खाएर सिध्यायो ।
सम्झन्छु आमा र आमाका साथीहरु
लाग्छ, आमाहरुको साहसले मात्र घुमिरहेछ,
यो पृथ्वी
आमाहरुकै सम्झनामा मात्र खस्छन्
रुखबाट स्याउहरु
पर पर कतै गाउँमा,
जब देख्छ
घाँसको भारी बोकेर घर फर्किरहेको वृद्ध साँझ
खुब सम्झना आउँछ आमाहरुको...।
इलाम
ट्यागहरू:
कविता
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
शिवसताक्षीमा चासोक तङ्नाम भव्य रुपमा मनाइयो
दिलिप घिमिरे - बिहिबार ४ डिसेम्बर २०२५
काइँलालाई ५ लाख राशिको 'पहिचान सम्मान'
दिलिप घिमिरे - शनिबार २९ नोभेम्बर २०२५
नियमित मासिक कार्यक्रम सम्पन्न
दिलिप घिमिरे - शनिबार २९ नोभेम्बर २०२५
मासिक कथावाचन अभियान कार्यक्रमको २४औँ शृंखला सम्पन्न
खगिन्द्रा खुसी - बिहिबार २७ नोभेम्बर २०२५