आमा र आमाका साथीहरू
खन्यु खोल्सापारि
एक्लेनी ठूली, लामगादे कान्छी
वारि माखोती साइँली, विष्टेनी जेठी.....
आमाका मिल्ने साथीहरु ।
घाँस र दाउरा जानु पनि उनीहरुसँगै पर्म खेल्नु
हाट र बजार या कतै जानुपरे पनि उनीहरुसँगै
कहाँ-कहाँ जन्मिएर उनीहरु भेट भए यसरी
एउटा आयतकार पृथ्वीको एकै कुनामा
भेट हुँदा बेला-बेला गफिन्थे
'लेखान्त त होला नि कान्छी !
र त भेटियो यसरी...
दुःखले पनि खाई नसक्ने
ज्यान छ हाम्रो हगि त साइँली !
तर
बिस्तारै-बिस्तारै आमाहरुलाई
दुःखले नै खाएर सिध्यायो ।
सम्झन्छु आमा र आमाका साथीहरु
लाग्छ, आमाहरुको साहसले मात्र घुमिरहेछ,
यो पृथ्वी
आमाहरुकै सम्झनामा मात्र खस्छन्
रुखबाट स्याउहरु
पर पर कतै गाउँमा,
जब देख्छ
घाँसको भारी बोकेर घर फर्किरहेको वृद्ध साँझ
खुब सम्झना आउँछ आमाहरुको...।
इलाम
ट्यागहरू:
कविता
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
कबाबाट आधा लाख सहयोग
खगिन्द्रा खुसी - मङ्गलबार १ सेप्टेम्बर २०२६
घुम्ती कविगोष्ठीको साधारण सभा तथा स्रष्टा सम्मान सम्पन्न
खगिन्द्रा खुसी - आइतबार ३० अगष्ट २०२६
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यानबेराको तीज विशेष साहित्यिक कार्यक्रम सम्पन्न
खगिन्द्रा खुसी - बुधबार २६ अगष्ट २०२६
धुलाबारीमा इष्ट होराइजन नेपाली साहित्य क्लब गठन
Khagendra Khushi - सोमबार २४ अगष्ट २०२६