भद्रपुर नगरपालिकाद्वारा दुई पत्रकार पुरस्कृत

खगिन्द्रा खुसी · चैत ४, २०८२ ८:२६ PM
Cover Image for News

झापा, चैत ४ ।  भद्रपुर नगरपालिकाले पत्रकारलाई पुरस्कृत गरेको छ । भद्रपुरमा बसेर सञ्चार कर्मको माध्यमबाट नगर विकासमा योगदान गरेवापत यो पुरस्कार प्रदान गरिएको हो ।  नगरपालिकाले पत्रकारका साथमा नगरको उन्नतिमा गरेको योगदानको कदर गर्दै विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई समेत सम्मान गरेको छ ।

१७ औं नगर परिषद समापनको अवसर पारेर नगरपालिकाले यस वर्षको नगर विकास पत्रकारिता पुरस्कारबाट पत्रकार हुतराज नेपाल (उत्तम) र प्रोत्साहन पत्रकारिता पुरस्कारबाट डिल्लीरमण नेपाललाई सम्मान गरेको छ । नेपाल समाचारपत्र र ब्लाष्ट दैनिकमा आबद्ध पत्रकार उत्तमलाई नगद ३१ हजार तथा वर्तमान साहित्यिक पत्रिकामा आबद्ध पत्रकार डिल्लीरमणलाई नगद १५ हजारसहित दोसल्ला ओढाएर सम्मान पत्रले पुरस्कृत गरिएको थियो । उनीहरूलाई नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्र लगायतले सम्मान पत्र प्रदान गरेका थिए ।

Dilliraman-Puraskar-2082-12-04.webp 66.22 KB
त्यस्तै भलिबल खेलाडी तथा कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ मा स्वर्ण पदक ल्याउने खेलाडीहरू प्रमोद पाण्डे, भरत यादव, अभिषेक कामती, रेशल साह, आलोक सिंह, निखिल कामती, आदित्य कामती, आयुष सिटौला, आकाश ठटाल, नितिन मण्डल र रिदम दर्जीलाई कदर पत्रसहित जनही ५ हजार एक सयले पुरस्कृत गरिएको थियो । त्यसैगरी भद्रपुरमा आठौँ नगर स्तरीय तथा १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सम्पन्न गराउन सहयोगी भूमिका निर्वाह गर्नेहरूलाई पनि कदर पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले सडक, सरसफाइ विद्युत् ,खानेपानी, बिजुली, पुल लगायतका विषयमा राखेको जिज्ञासाबारे नगरप्रमुख पोखरेलले जवाफ दिएको समाचार पत्रकार द्रोण अधिकारीबाट प्राप्त भएको छ । 

 

ट्यागहरू:
literature puraskar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।