सुन्दर कुरूपलाई 'हाङयुगजुनिता राष्ट्रिय पुरस्कार' प्रदान गरिने

दिलिप घिमिरे · वैशाख १, २०८३ ४:२३ PM
Cover Image for News

झापा १ बैशाख /कवि तथा गजलकार सुन्दर कुरूपलाई 'हाङयुगजुनिता राष्ट्रिय पुरस्कार' द्वारा पुरस्कृत गरिने भएको छ। 

हाङयुगजुनिता फाउण्डेसनबाट साहित्य,कला, सङ्गीत,पत्रकारिता,स्वास्थ,शिक्षा,खेलकुद लगायत अन्य क्षेत्रमा विशिष्ट योगदान पुऱ्याउने व्यक्तित्वलाई रु.पचास हजार नगद राशीले पुरस्कृत गर्ने निर्णय गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ। 

यस वर्ष इलाम नगर पालिका साहित्य कला सङ्गीत प्रतिष्ठानद्वारा सिफारिस भए अनुरूप इलाम चुलाचुली,हात्तीलेदामा बसोबास गर्दै आफ्नो लेखनलाई राष्ट्रिय रूपमा स्थापित गर्न सफल गजलकार,कवि तथा कथाकार कुरूपलाई ' हाङयुगजुनिता राष्ट्रिय पुरस्कार' द्वारा पुरस्कृत गर्ने घोषणा गरिएको हो।

फोटो
गजल विधामा शक्तिशाली उपस्थिति बनाइसकेका कुरुपले कविता विधामा समेत आफ्नो पहिचान बनाउन सफल भएका स्रष्टा पेसाले शिक्षक हुन्।उनका ´जुनको अनुहार` गजल सङ्ग्रह र `पृथ्वीको आविष्कार´ कविता संग्रह प्रकाशित भइसकेका छन्। 

यही मिति २०८३ वैशाख १८ र १९ मा सु-सम्पन्न हुन गइरहेको 'इलाम साहित्य महोत्सव'को पाँचौं
संस्करणको उद्घाटन सत्रमा भव्य समारोह बीच उक्त पुरस्कार प्रदान गरिने हाङयुगजुनिता फाउण्डेसनका अध्यक्ष हाङयुग अज्ञातले बताए ।

ट्यागहरू:
साहित्य #पर्यटन साहित्य #संस्कृति #परम्परा #
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।