सुकुनामा प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न

खगिन्द्रा खुसी · पौष ११, २०८१ ७:४८ PM
Cover Image for News

सुकुना बहुमुखी क्याम्पस,सुन्दरहरैँचामा विद्यार्थीहरूकाे प्रतिभा पहिचानार्थ " प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न भएकाे छ।  कार्यक्रममा दुई दर्जन बढी विद्यार्थीले कविता वाचन, गीत गायन, नृत्य लगायतका प्रस्तुतिहरु राखेका थिए । दुई सय बढी विद्यार्थीहरूकाे उपस्थिति रहेकाे थियाे उक्त कार्यक्रम  क्याम्पसको अतिरिक्त क्रियाकलाप  समिति तथा प्रतिभा पहिचान समितिद्वारा आयाेजना गरिएकाे  थियाे । 

फोटो
क्याम्पस प्रमुख अर्जुनराज अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख  अतिथिले मन्तव्य राख्दै  'जसरी सुकुना बहुमुखी क्याम्पसमा पठनपाठनमा देशमै अग्रपङ्तिका क्याम्पसहरूकाे लस्करमा रहन सफल कदमी चाल्दै छ, त्यसरी नै यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूकाे सर्वाङ्गीण विकासका लागि लागी पर्न क्याम्पस परिवार सदैव तत्पर रहने' कुरामा विश्वास्त दिलाउनु भयाे ।

फोटो
भने  सहायक    क्याम्पस प्रमुख बलराम पाेखरेलले पनि  विद्यार्थीहरूकाे सिर्जनशीलतामा क्याम्पसकाे जाेड रहेकाे भन्दै देशका विभिन्न तहतप्कामा यहाँका विद्यार्थीहरू पुग्न सफल भएकाे कुरा जानकारी गराउनु भयाे । सहायक प्रमुख गणेश दाहाल,नेपाली शिक्षण  विभागका प्रमुख गेहेन्द्र खनाल, व्यवस्थापन सङ्कायका प्रमुख उमेश उप्रेती, नेपाल पव्लिक क्याम्पस प्राध्यापक सङ्घ, इकाइ  समितिका सभापति जनार्दन गुरागाईँ, डा दीपक न्याैपाने, बालकृष्ण गाैतम, उर्मिला रिजाल अादिको अातिथ्य रहेको  उक्त कार्यक्रममा रेडियाे कार्यक्रम "सुकुना प्रवाह" काे संयाेजक रेखा सुवेदीले स्वागत, प्रतिभा पहिचान समितिका संयाेजक खगेन्द्रराज दाहालले सञ्चालन र अतिरिकार्यक्रम प्रतिभा पहिचान गर्न फलदायी सफल भएकाे काे धारणा प्रमुख प्रशासकीय अधिकृत नवराज काेइरालाकाे रहेको कुरा साहित्यकार रेखा सुवेदीले जानकारी गराउनु ।

ट्यागहरू:
samachar
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू