सुकबारे भेलामा उषा गुरुङ्गको बिचारको बिस्कुन कविता सङ्ग्रहको विमोचन

खगिन्द्रा खुसी · कार्तिक ३०, २०८१ ९:५५ PM
Cover Image for News

आज झापाको चन्द्रगढीमा कवि उषा गुरुङको कविता सङ्ग्रह बिचारको बिस्कुनको विमोचन गरिएको छ । लेखनाथ पुस्तकालयको मासिक कार्यक्रम सुकबारे भेलाका अवसरमा सो कृतिको विमोचन भएको हो । पुस्तकालयकी का.वा.अध्यक्ष खगिन्द्रा खुसीको सभाध्यक्षता, त्रिफला राष्ट्रिय पुस्तकालय धुलाबारीका अध्यक्ष प्रेमप्रकाश फलाहारीको प्रमुख आतिथ्य, प्रा.डा. गङ्गाप्रसाद अधिकारी तथा प्रा.डा.ठाकुरप्रसाद पोख्रेलको विशेष उपस्थितिमा सम्पन्न सो कार्यक्रममा पुस्तकालयका सचिव हरिकिशोर आचार्यको स्वागत मन्तव्य रहेको थियो ।

pic.jpg 293.21 KB
प्रमुख अतिथि तथा विशेष अतिथिका बाहुलीबाट लोकार्पण गरिएको सो कृतिको समीक्षा समीक्षक चूडामणि वाशिष्ठद्वारा गरिएको थियो भने कृति तथा स्रष्टा गुरुङ्को परिचय तथा पाठक प्रतिक्रिया स्रष्टा आरती पोख्रेलद्वारा गरिएको थियो । विमोचित कृतिभित्रबाट कवि जय आचार्य, दुर्गाप्रसाद सिग्देल, इन्द्रनारायण कटुवाल, चन्द्रमणि पौडेल तथा तीर्थ चापागाईँद्वारा कविता वाचन गरिएको थियो । वि.सं.२०७१ सालमा ऐठन कविता सङ्ग्रह प्रकाशित भएको गुरुङ्को यो दोस्रो कृति रहेको छ । सयवटा कविताहरूको संङ्ग्रह बिचारको बिस्कुन एक सरल भाषामा लेखिएका कविताहरुको सङ्ग्रह रहेको कुरा समीक्षक चूडामणि बाशिष्ठद्वारा मन्तव्यका क्रममा ब्यक्त गरिएको थियो । स्रष्टा तीर्थ चापागाई तथा प्रमुख अतिथिद्वारा लेखक गुरुङ्लाई खदा तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने लेखक स्वयम्ले अग्रज तथा गुरुहरुको प्रेरणाले गर्दा नै यो कृति प्रकाशन गर्न सक्ने भएको र अब निकट भविष्यमा कथा सङ्ग्रह समेत प्रकाशन गर्ने जानकारी गराउनु भएको थियो ।
pic1.jpg 330.82 KB
       अग्रज स्रष्टा केशव आचार्य शिक्षासेवी उद्दव विष्ट तथा विशेष अतिथि प्रा.डा.गङ्गाप्रसाद अधिकारीद्वारा मन्तव्य राखिएको कार्यक्रममा स्थानीय समाजसेवी देवनारायण न्यौपानेले आफ्नी छोरी विजयाको जन्मोत्सवको अवसरमा पुस्तकालयलाई १० थान प्लास्टिकका कुर्सी प्रदान गर्नु भएको थियो । लेखनाथ पुस्तकालयको सभाहलमा सम्पन्न  सोही कार्यक्रममा पुस्तकालयको ३९औँ वार्षिक साधारण सभा समेत सम्पन्न भएको थियो । सचिव हरिकिशोर आचार्यद्वारा आर्थिक तथा अध्यक्ष खगिन्द्रा खुसीद्वारा वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको सन्चालन कोषाध्यक्ष गोविन्द कोइरालाले गर्नु भएको थियो । कार्यक्रममा अध्यक्ष खगिन्द्रा खुसीद्वारा साधारणसभा तथा प्रतिवेदनमाथि उठेका प्रश्नहरुको निराकरण गर्दै कार्यक्रमको समापन गरिएको थियो । 


ट्यागहरू:
सहित्य news samachar
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।