सुकबारे भेलामा राजेश ढुङ्गाना

खगिन्द्रा खुसी · असार १, २०८१ ६:४८ PM
Cover Image for News

 २०८१/२/३२
 आज झापाको चन्द्रगढीमा सुकबारे भेला कार्यक्रम सम्पन्न भएको छ । लेखनाथ पुस्तकालयले प्रत्येक महिनाको अन्तिम सुकबारका दिन सम्पन्न गर्दै आएको सुकबारे भेलामा आज ख्यातिप्राप्त कवि राजेश ढुङ्गानाको ‘मैले खोजेको देश’ कविता सङ्ग्रहको गृह विमोचन सहित समीक्षा गरिएको थियो । लेखनाथ पुस्तकालयकी का.वा. अध्यक्ष खगिन्द्रा खुसीको अध्यक्षता, भद्रपुरनगर कला, साहित्य, सङ्गीत प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहालको प्रमुख आतिथ्य तथा अग्रज साहित्यकार, भाषाविद् साहित्यभाष्कर गुरु चूडामणि रेग्मी तथा प्राज्ञ सुमित्रा वाङ्देल चेलीको विशेष आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा पुस्तकालयका कोषाध्यक्ष गोविन्द कोइरालाले स्वागत मन्तव्य सहित उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो । यस अघि जिल्ला बाहिर विमोचन गरिएको स्थापित कवि राजेश ढुङ्गानाको ‘मैले खोजेको देश’ कविता सङ्ग्रहको प्रमुख अतिथि तथा विशेष अतिथिहरुको बाहुलीबाट  यस कार्यक्रममा गृह विमोचन गरिएको थियो । 

12.jpeg 270.33 KB

जम्मा सठ्सठ्ठी वटा कविता रहेको यस कविता सङ्ग्रहको समीक्षा क्रमशः समीक्षक तारा विविध, चूडामणि वाशिष्ठ तथा लता खरेलले गर्नु भएको थियो । कार्यक्रममा नयाँ पुस्ताका कवि द्वय प्रीति बस्नेत, पिताम्बर अधिकारीले किवता वाचन गर्नु भएकाे थियाे भने  लेखक राजेश ढुङ्गानाले विमोचित कृतीबाट तीन कविता वाचन गर्नुभएको थियो भने विशेष अतिथि द्वय चूडामणि रेग्मी तथा प्राज्ञ सुमित्रा वाङ्देल चेलीले मन्तव्य राख्नु भएको थियो । पुस्तकालयको सभाहलमा सम्पन्न भएको कार्यक्रममा देवकोटा स्मृति भवन भद्रपुरका अध्यक्ष राजेन्द्र चापागाईँ, अग्रज साहित्यकार होम सुवेदी, महाकाव्यकार पं.रघुनाथ रिमाल, हरिप्रसाद न्यौपाने, साहित्यकार शारदा कोइराला, देवीचरण भण्डारी, तीर्थ चापागाई, समाजसेवी नीलमणि नेपाल, हीरा पोख्रेल, मारवाडी भाषाका कवि सत्य नारायण तायल, स्रष्टा महेन्द्र कोइराला, आरती पोख्रेल नवराज घिमिरे, विरही अधिकारी, गोविन्द लम्साल, महेन्द्र भट्टराई ‘दूरगामी’, टोपलाल ज्ञवाली, गीता सुवेदी नेपाल, खेमराज दाहाल, गायक अर्जुन खरेल   लगायत पचास भन्दा बढी साहित्यकारहरुको उपस्थिति रहेको कार्यक्रमको सन्चालन सचिव हरिकिशोर आचार्यले सन्चालन गर्नुभएको थियो । 

ट्यागहरू:
सहित्य samachar sahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू