साहित्यकार गोपाल दाहालको छैटौँ कविता कृति ‘जीवन यात्रा’ विमोचन
झापा १२माघ/ साहित्यकार तथा कवि गोपाल दाहालको ‘जीवन यात्रा’कविता कृति मोरङको उर्लाबारीमा शनिबार विमोचन गरिएको छ।
राधिका माध्यमिक विद्यालयको सभाहलमा भएको साहित्यकारहरुको जमघटबीच दाहालको छैटौँ कृति विमोचन गरिएको हो ।
नेपाली साहित्य समाज उर्लाबारीको आयोजनामा भएको कार्यक्रममा वरिष्ठ समालोचक तथा साहित्यकार प्राध्यापक डाक्टर गोविन्दराज भट्टराई,उर्लाबारी साहित्य समाजका अध्यक्ष यज्ञ परिश्रमी, कृतिका समीक्षक केशवप्रसाद रेग्मी, साहित्य कला संस्कृति प्रतिष्ठानकी अध्यक्ष भगवती ढुङ्गेल, कविको आँगन साहित्य समूहकी सदस्य लक्ष्मीअच्युत ढुङ्गाना साथै कृतिकार दहालले संयुक्त रुपमा कृतिको विमोचन गरेका हुन् ।
अतिथिहरु प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराई, प्रतिभाका पूर्व अध्यक्ष खेमलाल पोखरेल, साहित्य कला सङ्गम दमक झापाका अध्यक्ष बिन्दु दहाल मूकदर्शक, सङ्गमका उपाध्यक्ष यादवप्रसाद अधिकारी झाक्रिखोले, महासचिव ओमप्रसाद खनाल, इलाम साहित्य कला प्रतिष्ठानका अध्यक्ष जयनारायण भट्टराई ,मिक्लाजुङ्ग साहित्य समाज मोरङका अध्यक्ष इन्द्रप्रसाद घिमिरे रहेका थिए।
दाहालका यस अघि`नेपाली व्याकर´-२०५७,`छन्द कविता माला भाग´-२०७५,`सिर्जनाका फूलहरू´-२०७८,`दोभान´कविता सङ्ग्रह-२०८०, `नेपालदेखि अष्ट्रेलियासम्मको यात्रा´-२०८१ कृतिहरू प्रकाशित छन्। 
कार्यक्रमको अध्यक्षता यज्ञ परिश्रमीले गरेका थिए भने स्वागत मन्तव्य रिता रिमाल र कार्यक्रम सञ्चालन युवराज काफ्लेले गरेका थिए ।कार्यक्रममा साहित्यकार हेम अधिकारी, पदमप्रसाद ओली,भूपेन्द्रराज तिमिल्सिना,टंक आचार्य,कृष्ण उदासी,दिलीप राई सगर,अम्बिका सापकोटा,कुमार पोखरेल, टीका खड्का राष्ट्रप्रेमी,सुमन राई, मनोज बरार्ईली लगायतको उत्साहपूर्ण सहभागिता रहेको थियो ।