संगीत साधना कला केन्द्रले गर्यो दशैं विशेष सांगीतिक कार्यक्रम

दिलिप घिमिरे · असोज २४, २०८१ १२:३१ PM
Cover Image for News

२४ असोज /झापाको सुरुङ्गा स्थित संगीत साधाना कला केन्द्रले वडा दशैंको अवसरमा सांगीतिक कार्यक्रम सहित शुभकामना आदान प्रदान गरेको छ ।
 बुधबार कला केन्द्रको सभाहलमा सम्पन्न सांगीतिक प्रस्तुति सहितको शुभकामना आदान प्रदान तथा दशैं मिलन कार्यक्रम सम्पन्न गरिएको हो ।
 कार्यक्रममा प्रमुख अतिथि लोकगायक अनिरुद्र ओलीले शुभकामना मन्तव्य राख्दै कलाकेन्द्र सुरुङ्गाको शान भएको बताए । उनले विद्यार्थीहरुलाई कलाकारले निरन्तर साधना गर्नु पर्ने भन्दै निरन्तर साधनामा समर्पित हुन अनुरोध समेत गरेका छन्  ।

 कार्यक्रममा कलाकेन्द्रका विद्यार्थीहरुले देवी स्तुतिसहित नयाँ तथा पुराना कलाकारहरुको गीतहरु प्रस्तुत गरेका थिए ।    
 विगत लामो समयदेखि संगीत साधनालाई अङ्गाल्दै आएका   कलाकेन्द्र संस्थापक ध्रुव पाठकले यहाँ संगीत सिकेका विद्यार्थीहरुले देश विदेशमा ख्याति कमाउन सफल भएको सुनाउदै विद्यालय परिवारको मेहनत र प्रशिक्षार्थीको अथक प्रयासकै कारण यो सम्भव भएको बताए ।

 कार्यक्रममा संगीतकार कुमार पालुङ्गा,गायक सन्तोष रायमाझी , लगायतले शुभकामना मन्तव्य राख्दै संगित साधन कलाकेन्द्रले राष्ट्रिय स्तरका कलकारहरु उत्पादन गर्दै आएकोमा कलाकेन्द्र परिवारलाई धन्यवाद सहित आगामी दिनमा थप प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा कलाकार राजु तामाङ, अभिभावकहरु लिला ढकाल, धनमान विश्वकर्मा ,सञ्चालक समितिका पदाधिकारी लगायतको बाक्लो उपस्थिति रहेको थियोे ।

 कनकाई नगरपालिका ३  सुरुङगामा स्थापित भएको यो साधना केन्द्र पुरानो तर एक मात्रै  क्रियाशील संगीत विद्यालय हो।यो साधना केन्द्रको स्थापनासँगै यस क्षेत्रका विद्यार्थीहरू लाभान्वित भएका छन्। 
कलाकेन्द्रकी अध्यक्ष तुलसा तिम्सिना पाठकको अध्यक्षतामा भएको कार्यक्रममा सचिव दिलिप खतिवडाको स्वागत र सह सचिव लेखनाथ गुरागाईँले सञ्चालन गरेका थिए ।

ट्यागहरू:
संगित
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू