रमेश खनालको कृति "युद्धमा बिलाएको सपना" लोकार्पित

२०८१ कात्तिक २४, काठमाडौं । साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज Arupan Art Gallery, Nepal को सभाकक्षमा कथाकार रमेश खनालको लघुकथा कृति "युद्धमा बिलाएको सपना" लोकार्पण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कलाकार के के कर्माचार्य, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, समालोचक प्रा. डा. गोविन्दमान सिंह कार्की, कथाकार किशोर पहाडीले संयुक्त रुपमा लोकार्पण गरिएको कृति "युद्धमा बिलाएको सपना"बारे समालोचक प्रा. डा. गोविन्दमान सिंह कार्कीले समीक्षा गर्नु भएको थियो भने साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष सर्जक नरेन्द्रबहादुर श्रेष्ठ र कथाकार किशोर पहाडीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा लोकार्पित कृतिका सर्जक खनाललाई सम्मान समेत गरिएको थियो भने कथाकार इन्दिरा ढकालले लोकार्पित कृतिबाट एक लघुकथा वाचन गर्नुभएको थियो ।




