राजधानीमा चौवालीसौँ मानव पुस्तक तथा रचनावाचन कार्यक्रम सम्पन्न

खगिन्द्रा खुसी · माघ १३, २०८२ ८:१४ PM
Cover Image for News

झापा, माघ १२ । शनिबार राजधानीमा चौवालीसौँ मानव पुस्तक तथा रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । दुई सत्रमा सम्पन्न सो कार्यक्रम साहित्यकार तथा मानव पुस्तक परिकल्पनाकार द्वयमध्येका एक प्रा.विष्णुप्रसाद पन्तको सभाध्यक्षता तथा प्रा.डा.रमेश ढुंगेलको प्रमुख आतिथ्य रहेको थियो । साहित्यकार रमेश शुभेच्छु विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा साहित्यकार तथा वरिष्ठ युरोलोजिस्ट प्रा.डा.अर्जुनदेव भट्टले स्वागत मन्तव्य राख्नुभएको थियो । घुम्ती मुक्तक नेपालका संस्थापक अध्यक्ष तथा मुक्तक अभियन्ता निर्मलरमण पराजुलीले उद्घोषण गर्नुभएको कार्यक्रमको पहिलो सत्रमा मानव पुस्तकद्वयले प्रस्तुत गर्नुभएको विचारोत्तेजक विचारले करिब दुई घण्टासम्म सहभागीहरूलाई ‘पिनड्रप साइलेन्स’मा राखेको थियो ।

दोस्रो सत्रअन्तर्गत रचनावाचन तथा शुभकामना मन्तव्य कार्यक्रम सञ्चालन गरिएको थियो । रचना वाचन तथा मन्तव्य प्रस्तुत गर्नेहरूमा अच्युतप्रसाद पौडेल ‘चिन्तन’, तेजनाथ दंगाल, शशीश्री आचार्य, रामचन्द्र घिमिरे, अमर शाह, कृष्णराज गिरी, दुर्गा अधिकारी भँमरकोटे, कल्पना काफ्ले, महेशप्रसाद रिजाल, भोजराज रेग्मी ‘मुखाल’, दाहाल कल्पना, मधुसूदनप्रसाद घपमिरे, जीत कार्की, राजेशमान केसी, सुन्दर खड्का, उषा वस्ताकोटी, एमपी. पाण्डे, हेमन्ता निरौला, भागीरथी भट्टराई ज्ञवाली, डा.देवी पन्थी, पुरुषोत्तम दाहाल, प्रवीण जोशी, कलानिधि दाहाल, कमला पौडेल, युवराज भण्डारी, प्रकाश स्याङ्वा, नगेन्द्र बोहोरा, रोमा लम्साल, शान्ति शर्मा, गणेश खतिवडा, राजेश क्षेत्री ‘निर्दोष’, कविता भुजेल, रेजिना कुँवर बोहरा, निर्मलरमण पराजुली रहनुभएको थियो ।

कार्यक्रममा प्रवीण जोशीमार्फत चारु सम्मान डा. देवी पन्थीलाई प्रदान गरिएको थियो । अध्यात्म चिन्तक, मुक्तिनाथ दर्शन साहित्य समाज नेपालका सर्वपक्षीय अध्यक्ष, हाल संरक्षक तथा मानव पुस्तकका परिकल्पनाकारद्वयमध्येका एक कवि हरिभक्त सिग्देलले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।

ट्यागहरू:
सहित्य literature samachar svikarokti
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।