पुस्तकालयमा गाईजात्रा विशेष सुकबारे भेला सम्पन्न

खगिन्द्रा खुसी · साउन ३२, २०८१ १०:५८ PM
Cover Image for News

श्रावण ३२, भद्रपुर । झापाको चन्द्रगढीमा गाईजात्रा विशेष हास्यव्ङ्ग्य रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । लेखनाथ पुस्तकालयको मासिक कार्यक्रम अन्तर्गत सुकबारे भेलामा गाईजात्रे रचना वाचन कार्यक्रम गरिएको हो । नजिकै आइरहेको गाईजात्राको अवसर पारेर आयोजना गरिएको यस कार्यक्रममा पुस्तकालयका का.वा.अध्यक्ष खगिन्द्रा खुसीको सभाध्यक्षता तथा प्रा.डा.देवी नेपालको प्रमुख आतिथ्य रहेको थियो । पुस्तकालयका कोषाध्यक्ष गोविन्द कोइरालाको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्रमुख अतिथिको बाहुलीबाट दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो 

photo
       साहित्यकार तथा हास्यव्यङ्ग्यकार होम सुवेदीले नेपाली साहित्यमा हास्यव्यङ्ग्यको इतिहास सम्बन्धी संक्षिप्त मन्तव्य राखेपछि सुरु भएको हास्यव्यङ्ग्य रचना वाचनमा अग्रज स्रष्टा केशव आचार्य, टंक विकल्प, गणेश निरौला, जय भण्डारी, विरही अधिकारी, राजेश ढुङ्गाना, महेन्द्र भट्टराई दूरगामी, महेन्द्र कोइराला, मारवाडी भाषाका कवि सत्यनारायण तायल, आरती पोख्रेल, मिना अधिकारी, निर्मला बाँस्तोला दंगाल, हरि न्यौपाने, तीर्थ चापागाई, शालिक्राम भट्टराई, उषा गुरुङ, फडिन्द्र पोख्रेल सहित डेढ दर्जन कविहरुले हास्यव्यङ्ग्यकविता वाचन गरेका थिए भने पत्रकार केशव भट्टराई, स्रष्टा डिल्लीरमण नेपाल, कलाकार कृष्ण अनमोल, राजेन्द्र चापागाई, वरिष्ठ अधिवक्ता लेखनाथ निरौला, हरिकिशोर आचार्य लगायत पचास भन्दा बढी कविहरुको उपस्थिति रहेको थियो ।
photo
                समाजसेवी दुर्गा भट्टराई तथा गंगाप्रसाद ओलीको विशेष आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा नवराज घिमिरे तथा गंगाप्रसाद ओलीद्वारा  मन्तव्य राखिएको थियो । मन्तव्यकै क्रममा प्ररमुख अतिथी प्रा.डा.देवी नेपालद्वारा मन्तव्यका क्रममा हास्यव्यङ्ग्यका क्षेत्रमा काठमाण्डौ हल्लाउने लक्ष्मण गाम्नागेदेखि मनोज गजुरेल सम्मका साहित्यकार तथा कलाकार काठमाडौँका नभएर झापाकै रहेकाले हास्यव्यङ्ग्यका क्षेत्रमा झापा दोस्रो होइन पहिलो स्थानमा रहेको छ भन्ने धारणा व्यक्त गरिएको थियो । लेखनाथ पुस्तकालयको सभाहलमा सम्पन्न भएको कार्यक्रमलाई सदस्य चन्द्रमणि पौडेलले सन्चालन गरेका थिए । 

ट्यागहरू:
सहित्य कविता literature samachar sahitya nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।