प्राञ्जलको दोस्रो वार्षिकोत्सवमा विविध साङ्गीतिक कार्यक्रम सम्पन्न

दिलिप घिमिरे · असोज ११, २०८१ १:३२ AM
Cover Image for News


 ११असोज भद्रपुर/प्राञ्जल साधना केन्द्रको दोस्रो वार्षिकोत्सव विविध साङ्गीतिक कार्यक्रम गरि सम्पन्न गरिएको छ।  
 भद्रपुर नगरपालिका नगरप्रमुख गणेश पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भद्रपुर नगरपालिका वडा नम्बर     ७का वडा अध्यक्ष अभिषेक ढुङ्गानाको विशेष आतिथ्य रहेको थियो । २०७९मा स्थापना भएको यो साधना केन्द्र भद्र्पुर नगरपालिकाकै क्रियाशील संगीत विद्यालय हो।यो साधना केन्द्रको स्थापनासँगै यस क्षेत्रका विद्यार्थीहरू लाभान्वित भएका छन्। 

दोस्रो वार्षिकोत्सवको अध्यक्षता खेमराज दाहालले गरेको थिए भने कार्यक्रमको सञ्चालन खगिन्द्रा खुशीले गरेकी थिइन् । कार्यक्रममा स्वागत गीतकार देवीचरण भण्डारी गरेका थिए भने  खगिन्द्रा खुशीको शब्द रचना रहेको स्वागत गीतमा सम्पूर्ण विद्यार्थीहरूले स्वर भरेका थिए । 

photo
प्रमुख अतिथिले दीप प्रज्वलन गरि उद्घाटन गरिएको कार्यक्रममा सन्देश दवाडीले गणेश स्तुति गाएर कार्यक्रमको श्रीगणेश गरिएको   थियो। कार्यक्रममा दोस्रो प्रस्तुति खेम ढुङ्गेलले करोडौं मुटुहरुको एउटै... बोलको राष्ट्रिय गीत गाए भने आयुष्मा घिमिरेले नमान लाज..बोलको गीत गाएकी थिइन् ।
  कार्यक्रममा आराध्या अधिकारी,खुसी रिमाल, प्रत्युसा तुलाधर र संस्कृति घिमिरेले आज हामी साना छौँ बोलको सामुहिक बाल गीत प्रस्तुत गरेका थिए जस्को शब्द/संगीत विजय दंगालको  रहेको थियो । तबला प्रस्तुतीमा युनिक पाण्डे, प्राञ्जल दाहाल, निर्मला थपलिया,दर्पण भट्टराई, संदेश दवाडी,अरज चापागाई स्वादी अधिकारी सास्वत उप्रेती अमिरस ढकाल,जिज्ञासु नेपालले तबला मा आफ्नो सामुहिक कला प्रस्तुत गरेर कार्यक्रमलाई थप रौनकता प्रदान गरेका थिए ।
photo
 प्राञ्जल साधना केन्द्रका विद्यार्थीहरूले बुबाआमा  गीत  साहिदीप श्रेष्ठ ,तिमीले पनि म जस्तै अनिता पौडेल,कालिपारी दाइ आत्माजा निरौला र आयुष्मा घिमिरे,फर्कीआउ पीताम्बर अधिकारी,दिन ढल्यो खगिन्द्रा खुशी,सरस्वती स्तोत्र युनिक पाण्डेले प्रस्तुत गरे भने यमन बन्दीस् राग आयुष्य र साथीहरूले प्रस्तुत गरेको कार्यक्रममा एक दर्जनभन्दा बढि गीत संगीत प्रस्तुत गरिएको थियो।
  त्यस्तै नाकैमा फूली आत्माज्ञा निरौला र आयुष्मा घिमिरे,नौ नौ महिना प्राञ्लल दाहाल, सुरिलो रुख निर्मला थपलिया,कसरी म भुले श्रेयम अधिकारी,उकाली ओरालीहरुमा राधा रिमालले गाएर दर्शनहरुलाई मन्त्रमुग्ध पारे।
  कार्यक्रममा गजलकार विवश बलिभद्र कोइराला,दिलिप घिमिरे नगर प्रमुख पोख्रेल विशेष अतिथि वडा अध्यक्ष अभिषेक ढुङ्गाना,गायक अर्जुन खरेलले समेत गीत गजल प्रस्तुत गरेका थिए ।कार्यक्रममा कवि विरही अधिकारी,राजेश ढुङ्गाना,गायक निरज पोख्रेल लगायत करिव एकभन्दा बढिको उपस्थिति रहेको थियोे ।

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।