पलेँटीमा छन्दकविताका साथमा भूषिता वशिष्ठ प्रस्तुत हुने
झापा,माघ १४ गते । पलेँटीमा यस पटक छन्द कविता वाचन हुने भएको छ । कार्यक्रममा छन्दकवि भूषिता वशिष्ठले आफ्ना तथा विभिन्न अग्रज तथा समकालीन कविहरुका विभिन्न रसका कविता वाचन गर्नुहुनेछ ।
भूषिताले झन्डै सात वर्षपहिले पनि पलेँटीमा छन्द कविताको अनुष्ठान गर्नुभएको थियो । यसपालिको पलेँटीमा भूषिताले आफ्नो छन्द वाचनलाई नवरसमा आधारित भएर वाचन गर्नुहुने भएको छ ।
यसपटकको वाचनमा लेखनाथ पौडेल, सोमनाथ सिग्द्याल, मोतीराम भट्ट, भैरव अर्याल, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, लोकप्रिया देवकोटा, नयराज पन्त, मनोज भण्डारी, भरतमणि भट्टराईका साथै भूषिताका रचना समावेश हुने छन् ।
‘पलेँटीलाई दोस्रोपल्ट छन्द कवितासँग सहकार्य गर्ने अवसर जुरेकोमा साङ्गीतिक टोली धेरै उत्साहित रहेको सङ्गीतकार आभासले बताउनुभयो । झन्डै सात वर्षपहिले गरेको छन्द पलेँटीको प्रभावले यस विधाप्रति अझै आकर्षण बढेको अनुभूति भएको उहाँको भनाइ छ ।