१५९औँ मोती जयन्तीमा 'गजल विशेष वृहत् साहित्यिक कार्यक्रम'सम्पन्न

दिलिप घिमिरे · भदौ १७, २०८१ ९:४४ PM
Cover Image for News

भाद्र १७ गते/माई नगर भाषा,साहित्य,कला प्रतिष्ठानको आयोजनामा १५९औँ मोती जयन्तीको अवसरमा 'गजल विशेष  वृहत् साहित्यिक कार्यक्रम' सम्मान गरिएको छ।

  चर्चित गजलकार विवश बलीभद्र कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष शिव अधिकारी 'इलामे जेठो'को अध्यक्षतामा भएको थियो ।

  प्रमुख अतिथि कोइरालाले भौतिक विकास अन्तर्गत बाटो ,कल्भट,पुल आदिमा मात्रै बजेट विनियोजन गरेर विकास गरेको भ्रम पालेर स्थानीय सरकार बसेको आरोप लगाउदै  जबसम्म  चेतनाको विकास गर्ने भाषा साहित्य,कला र संस्कृतिको संरक्षण र  प्रवर्द्धनमा स्थानीय सरकारले विवेक पुर्याउदैन  तबसम्म सर्वाङ्गीण विकास हुन नसक्ने बताए ।

photo
कार्यक्रममा विशेष अतिथिहरु साहित्यकार अभागी थेगुवा, गजलगो शिशिर भट्टराई र दिलिप घिमिरेले आफ्नो सृजना वाचन गरेका थिए भने माई नगरपालिका प्रशासकीय अधिकृत महेन्द्र विश्वकर्माले मन्तव्य राखेका थिए।

   माई नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष कनकाई माविका  प्रअ हरिप्रसाद पौडेलले  स्वागत मन्तव्यसहित गजल वाचन गरेका थिए भने स्वागत नृत्य सिमन भट्टराईले प्रस्तुत गरेकी थिइन् ।

  मोतीराम भट्टको व्यक्तित्व र कृतित्वको विषयमा प्रकाश पार्दै  मित्रप्रसाद गौतमले नेपाली साहित्यमा पहिलो शृङगारिक कवि, प्रथम नेपाली गजलकार,प्रथम पत्रकार, प्रथम जीवनी लेखक, नाटककार,समालोचकका रूपमा मोतीराम परिचित रहेको कार्यक्रममा उल्लेख गरेका थिए ।

  कार्यक्रममा रोमबहादुर राई,ठहरसिङ बस्नेत,खड्गप्रसाद दुलाल,राजेन्द्र थेवे,अनिल तामाङ,किरण सुवेदी,टेकनाथ भट्टराई,अर्जुन दुलाल,तारा अधिकारी 'गरुवाली',हरिचरण घिमिरे र भरत भण्डारीले सृजना वाचन गरेका थिए भने दिपेशकुमार राई र आशिष कालिकोटेले गायन प्रस्तुत गरेका थिए। 

कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव टुकेन्द्र राई `भुईँ मान्छे ´र सदस्य लता राईले संयुक्तरूपमा गरेका थिए।

photo

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
kiran subedi
१ हप्ता अगाडि

राम्रो छ ।

१ हप्ता अगाडि

सभ्य र भव्यरुपमा सप्पन्न भएको थियो कार्यक्रम।

सम्बन्धित पोस्टहरू