निशा पाण्डेकोे कविता - अन्तिम पत्र
प्रिय मदन,
तिमी गयौ, म हेरिरहेँ ।
बर्खाका झरी, चिसा बतासहरू,
तिम्रो संझना
र अतृप्त प्यासहरु
सबैलाई साक्षी राखेर,
तिम्रो बाटो कुरिरहेँ।
के साँच्चै धनले तिमीलाई जित्यो?
के साँच्चै मेरो माया सानो थियो?
मदन ! म , एउटा भित्तामा कोरिएको नाम जस्तै भएँ,
पानीमा बनाएको तस्बिर जस्तै भएँ
हिउँमा लेखिएको अक्षर जस्तै भएँ
अब बिस्तारै मेटिँदैछु
सक्छौ भने, एकपल्ट मेरो आँखामा हेर्नु,
त्यहाँ अधुरो प्रेमको खाडल देख्ने छौ।
देख्नेछौ तिम्रो नाममा कोरिएको
एउटा बियोगको गित
सक्यौ भने एकपटक
आकाशलाई सोध्नु,
कति रातहरू उसले मेरो आँसु पिएर बितायो?
अब म जान्छु,जहाँ तिमी आउनेछैनौ
तर तिम्रो सम्झनाले कहिल्यै छोड्ने छैन ।
फेरी कहिल्यै भेट नहुने गरी,
म विदा हुन्छु ।
ट्यागहरू:
सहित्य
कविता
कला
टिप्पणीहरू

यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू

मेरो साथी म मात्रै।
दिलिप घिमिरे - सोमबार २ जुन २०२५

आफूसङ्ग एक्लै - गण्डकी पुत्र
गण्डकीपुत्र पोष्ट खगिन्द्रा खुसी - बिहिबार ८ मई २०२५

गण्डकीपुत्रको कविता - एउटी आमाको बयान !
गण्डकीपुत्र पोष्ट खगिन्द्रा खुसी - सोमबार ५ मई २०२५

नयाँ वर्ष २०८२
कवि-उमानाथ दाहाल पोष्ट-दिलिप घिमिरे - सोमबार १४ अप्रिल २०२५