खगिन्द्राको वैंशको गन्ध यसरी फैलियो बजारमा (भिडियो सहित )

खगिन्द्राको वैंशको गन्ध यसरी फैलियो बजारमा
३१ बैशाख /गायिका खगिन्द्रा खुशीको चमेली वैंशको गन्ध गीत नव बर्षको अवसर पारेर आधुनिक गीत बजारमा ल्याएकी छिन् ।
नेपाली सांगीतिक आकाशमा आधुनिक गीत संगीतको उच्च स्थान छ।संगीत मानव सभ्यताको आरम्भिक कालदेखि नै उत्पन्न भएको एक महत्त्वपूर्ण अभिव्यक्ति पनि हो।
झापा चन्द्रगढी निवासी खुशीले नयाँ आधुनिक गीत बजारमा ल्याएकी हुन् ।जसको शब्द संगीत र गायन खगिन्द्रा खुशी आफैंले गरेकी छिन्
सङ्गीत संयोजक, एरेन्ज - बलराम समालले गरेका छन्।
खगिन्द्रा खुशीले संगीतको महत्त्वलाई बुझेकी छिन्।विगत लामो समयदेखि प्राञ्जल संगीत साधना केन्द्र चन्द्रगढीमा स्थापना गरि सञ्चालन गरिरहेकी छिन्।
नेपाली साहित्यमा छन्द विधामा कलम चलाउँदै आएकी खुशी छन्द गायनमा अझ अब्बल छिन्।वसन्तको कोकील कण्ठ झैं मिठास छ उनको स्वर।त्यो मिठासको जादू चमेली वैशको गन्धमा पनि पाइन्छ ।
गीतको छायाङ्कन झापाको चन्द्रगढी आसपासका विभिन्न स्थानमाहरुमा गरिएको गायिका खुशीले जानकारी दिइन् ।
गीत खगिन्द्रा खुशीको खुशीको गाउँ युट्युव च्यालनबाट सार्वजनिक गरिएको छ ।
कवि खगिन्द्रा खुसी कविता लेखन र वाचनमा निक्कै पोख्त र निपूर्ण नाम हो। उनको शिल्प जति सुन्दर छ उति नै उनको आवाज र प्रस्तुति पनि सुन्दर र आकर्षक छ। सङ्गीत क्षेत्रमा उस्तै अभिरुचि राख्ने खुसीको शव्द, सङ्गीत र स्वरमा सजिएर आएको गीत चमेली वैशको गन्ध यसै पनि सर्वत्र मञ्चमा रुचाईएको शब्द संगालो हो। अझ सङ्गीत,सुर र आवाजमा सजिएर यो गीतले जीवन्तता र सार्थकता प्राप्त गरेको´ साहित्यकार विवश बलिभद्र कोइराला बताउँछन् ।
सानै उमेरदेखि साहित्य लेखन र गायनमा रुचि राख्ने खुशी हाल चर्चित साहित्य स्रष्टा र छन्द गायिकाको रुपमा आफुलाई परिचित बनाइ सकेकी छिन् ।उनको आमाको डायरी कथा सङ्ग्रह प्रकाशित भइसकेको छ।
गीतको छायांकन कृष्ण अनमोलको रहेको छ।
द पिक डिजिटल स्टुडियो काठमाडौमा अडियो रेकर्ड गरिएको यस आधुनिक गीत प्राविधिक, गायन शव्द,संगीत संयोजनको हिसाबले राम्रो बनेको छ।




