मनदेखि मन सम्मको तेस्रो श्रृंखला विशेष रूपमा सम्पन्न हुँदै

अमेरिकामा सन् २०२५को जनवरी देखि सुरु भएर श्रृंखलाबद्धरुपमा सन्चालन हुँदै आएको साहित्यिक तथा साँस्कृतिक कार्यक्रम मनदेखि मनसम्म यस पटक आगामी जुन ७ तारिकका दिन सम्पन्न हुने भएको छ । जिबिएलओको आयोजनामा सम्पन्न हुँदै आएको सो कार्यक्रमले अमेरिकामा भएका नेपालीहरुको मन जित्दै आएको छ भने विश्वका नेपाली भाषा र साहित्य मन पराउनेहरुको मनलाई समेत आकर्षित गरिरहेको छ । अमेरिका पेन्सिलभेनियाको, ह्यारिषवर्ग स्थित मम्स ममको मझेरीमा सम्पन्न हुने गरेको सो कार्यक्रममा स्थानीय कवि कलाकार तथा गायक गायिकाहरुको उपस्थितिमा गजल, कविता, गीत तथा विभिन्न कला प्रस्तुत गरिँदै आएको छ । ‘मनदेखि मनसम्म कार्यक्रम’को आउँदो श्रृंखला अझ विशेष रहने कुराको जानकारी गराउँदै यस श्रृंखलामा अमेरिकामा रहेका नेपाली समुदायका लेखन, गीत, सङ्गीत तथा गायनका क्षेत्रमा महत्वपूर्ण भूमिका निभाउने सर्जक, कलाकारहरुमा समर्पित रहने कुरा जिबिएलओका महासचिव पातलो अन्तरेले जानकारी दिनुभएको छ ।




