नयाँ वर्ष २०८२

कवि-उमानाथ दाहाल पोष्ट-दिलिप घिमिरे · वैशाख १, २०८२ १२:४२ PM
Cover Image for News

कविता  - नयाँ वर्ष २०८२
                           उमानाथ दाहाल 

घुम्दै यता नूतन वर्ष आयो
 वसन्त नै स्वागतमा रमायो 
 सद्भावना बाँड्न युवा उठेका
 आबाल, वृद्धा, वनिता जुटेका
                 २
 धरा, गराले पनि रूप फेरून्
 विहङ्ग मीठो उन कण्ठ खोलुन्
 नयाँ कलाले भव होस्  उज्यालो 
 बनोस् खरानी तम दुष्ट कालो 
                   ३
 यो वर्ष जाओस् गरिबी रहेको
 धब्बा घमण्डी परहोस् भएको
 चम्कोस् धरित्री बनियोस् सितारा 
 बेमेल होस् मेल र भाइचारा 
                   ४
 सुकर्ममा चित्त बढोस् अगाडि 
 आशा उदाउन् नरहुन् पछाडि
 यो वर्ष उर्जा थपियोस् विचित्र
 होस् विश्व दोस्ती बनियोस् पवित्र   
                   ५
 प्राणी रहुन् दीप्तक झैँ उज्याला 
 समाज जागोस् बनियोस् निराला
 आरोग्यताले शुभ अङ्कमाल
 छाती बनोस् सागर झैँ विशाल
                   ६
 आत्मीयता ले जग होस् उज्यालो 
 गाथा हिमाली बनियोस् दियालो
 कुदृष्टिले विश्व यता नहेरून्
 उद्योग, व्यापार छ जे नघेरून्
                     ७
 प्रभा छरी भास्कर मुस्कुराउन्
 सुधांशुले रात मिठो सजाउन्
 उम्दा बनुन् कर्म सुचाहना छ
 यो वर्ष होस् उत्सव कामना छ  । 

                    

ट्यागहरू:
साहित्य# छन्द #कविता
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
भूगोल नाप्दै पाइला
भूगोल नाप्दै पाइला
दीपा राई पुन - मङ्गलबार ८ जुलाई २०२५
कविता-भूगोल नाप्दै पाइला
कविता-भूगोल नाप्दै पाइला
दीपा राई पुन - मङ्गलबार ८ जुलाई २०२५
निशा पाण्डेकोे- अन्तिम पत्र
निशा पाण्डेकोे- अन्तिम पत्र
निशा पाण्डे पोस्ट - खगिन्द्रा खुसी - आइतबार ८ जुन २०२५
मेरो साथी म मात्रै।
मेरो साथी म मात्रै।
दिलिप घिमिरे - सोमबार २ जुन २०२५