टीका भट्टराई नेपालको छैटौं कृति ‘माटोको सुगन्धको विमर्श

३१बैशाख /गीतकार टीका भट्टराई नेपालको छैटौं कृति संग्रह ‘माटोको सुगन्ध´विमर्श गरिएको छ।
नारायणगोपाल स्मृति प्रतिष्ठान झापाको आयोजनामा गीतकार टीका भट्टराई नेपालको गीति सङ्ग्रह माटोको सुगन्धको विमर्श गरिएको हो।
वरिष्ठ गायक तथा सङ्गीतकार टीका भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो।प्रमुख अतिथि भण्डारीले बर्सेनि जस्तो गीत सङ्ग्रह प्रकाशन गरि पाँच सय भन्दा बढी उत्कृष्ट गीत लेख्नु टीका भट्टराई नेपालको प्रशंसनीय कार्य भएको बताए ।
नारायणगोपाल स्मृति प्रतिष्ठानका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षतामा भएको उक्त विमर्श कार्यक्रम साई पार्टी प्यालेसको सभा हल बिर्तामोडमा सम्पन्न भएको थियो ।
कार्यक्रममा साहित्यकार गणेश निरौला,शिवकुमार पौडेल,हस्त परियार,जय भण्डारी,मिना अधिकारी,भगवती ढुङ्गेल,टीका भट्टराई नेपाल,देशु वनेम,खिलप्रसाद शिवाकोटी,गीता सुवेदी नेपाल लगायतका साहित्य स्रष्टाहरूले माटोको सुगन्ध´कृतिभित्रका गीतहरू वाचन गरेका थिए ।
‘माटोको सुगन्ध´ गीत संग्रहमा १ सय ११ वटा गीतहरू संग्रहित छन्।
संग्रहमा देशभक्ति गीत,युगल गीत,लोक गीत र आधुनिक विधाका गीतहरू पुस्तकमा समेटिएको छ।सरल भाषाशैली र उत्कृष्ट शब्द संयोजन रहेको टीका भट्टराई नेपालका गीतहरूमा देशप्रेम,माटोको सुगन्ध ,नेपाली संस्कृतिप्रतिको मोह,परम्परा र चाडपर्वमा आएको विकृतिप्रतिको चिन्ता,जीवनयापनका यावत आरोह अवरोध,माया प्रेम,पीडा,गाउले परिवेश,खेती किसानी आदि विषयमा गीतहरू सृजना गरिएको साहित्यकार विवश बलिभद्र कोईरालाले कृति समीक्षाका क्रममा बताए ।
गीतकार टीका भट्टराईलाई गतसाल गीतकार संघ नेपालले उत्कृष्ट गीतकारको रुपमा सम्मान तथा पुरस्कृत गरेको थियो। उनको पहिलो कृति 'आमा' शोककाव्यबाट साहित्य विधामा कलम चलाएकी हुन् ।त्यसपछिका चारवटा कृतिहरु प्रितीपुष्प,मनका रङ्गहरु,अनुभूतिका स्वरहरु,मूर्च्छना सबै गीत सङ्ग्रहहरु छन् ।
टीका भट्टराईका गीतहरुमा यशोदा पराजुली, नरेन्द्र प्यासी,शिशिर योगी, प्रमोद खरेल, मेनुका पौडेल, निशान्त भट्टराई , झलक सङ्ग्रौला,सरोज कोइराला, अस्मिता अधिकारी, मेलिना मैनाली ,आनन्द कार्की ,भानु ढकाल ,गौरव दर्पण ,माया गजुरेलले स्वर दिइसकेका छन्।टिकाका करिव ३३ वटा गीतहरू संगीत भइ बजारमा आइसकेका छन् ।
गीतकार भट्टराई नेपालको व्यक्तित्वमाथि प्रकाश खगिन्द्रा खुसीले पारेकी थिइन् ।
कार्यक्रममा साहित्यकार पुण्यप्रसाद खरेल,गीतकार चन्द्र भण्डारीले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन सचिव रुद्रप्रसाद सिटौलाले गरेका थिए भने स्वागत मन्तव्य साहित्यकार केशव आचार्यले गरेका थिए ।


गीतकार टीका भट्टराई नेपाल सबैकालागि आदर्श स्रष्टा हुनुहुन्छ । सिर्जनसिल प्रतिभाकी धनी ' सधैं सक्रिय रही अरु स्रष्टाहरुलाई पनि सक्रिय रहन प्रेरणा दिने टिकाजीको भविष्य उज्ज्वल छ । आफ्नो उद्देश्य प्राप्ति मा लागिरहनुहोस् ' हार्दिक शुभकामना ।



