नेपाली साहित्यको `झापा साहित्य महोत्सव´ सम्पन्न
झापा२ भाद्र/नेपाली साहित्य.कमको आयोजनामा झापा साहित्य महोत्सव बिर्तामोडमा सम्पन्न गरिएको छ।
नेपाली साहित्य डटकमका अध्यक्ष तथा संस्थापक कर्ण गुरुङको अध्यक्षता एवम् साइक्रेस पोखरेल,विप्लव प्रतीक,दीपा राई पुन,अमलप्रताप अधिकारी ,केशब आचार्यको विशेष उपस्थितिमा महोत्सव सम्पन्न गरिएको हो।
“नेपाली साहित्यमार्फत विश्वलाई जोड्ने अभियान” लाई मुर्तरुप दिने उद्देश्यले “मनको शब्द” कार्यक्रमबाट युवाहरूलाई शिक्षित, प्रेरित र सकारात्मक दिशातर्फ अभिप्रेरित गर्ने शाथ नेपालीसाहित्य.कमले नयाँ पुस्ताका लेखक तथा स्रष्टाहरूलाई जोड्ने लेखक क्लबको अवधारणा पनि अघि सारेको अध्यक्ष गुरुङले बताए।
नेपालीसाहित्य.कम सन् २०२२ मा एउटा स्पष्ट उद्देश्यका साथ स्थापना भएको हो—नेपाली भाषा, साहित्य, संस्कृति तथा साहित्यिक सम्पदाको संरक्षण, प्रवर्द्धन र विश्वव्यापी विस्तार गर्ने उद्देश्य रहेको उनको भनाइ थियोे ।
कार्यक्रममा `कविताको यात्रा—कागजदेखि मञ्चसम्म´विषयमको परिचर्चामा गरिएको थियो ।छलफलका वक्ताहरु साहित्यकार विप्लव प्रतीक र अमन प्रताप अधिकारी रहेका थिए।कार्यक्रमको सहजीकरण सुनिता तामाङले गरेकी थिइन्।
साहित्य महोत्सवमा झापाका सामूहिक तथा संस्थागत विद्यालयका करिब १ सय पचास विद्यार्थीहरूले विभिन्न क्रियाकलापमा सहभागीता जनाएका थिए ।महोत्सवमा विद्यार्थीहरूले कविता वाचन,नृत्य,गायन र चित्रकलामा सहभागीता जनाएका थिए । 

