नोबेल साहित्य पुरस्कार क्यानडाकी एन कार्सनलाई

दिलिप घिमिरे · असोज २२, २०८३ ६:५० PM
Cover Image for News

झापा २२असोज /यस वर्ष साहित्य विधातर्फको पुरस्कार क्यानडाकी एन कार्सनलाई दिने घोषणा गरेको छ। 

"शास्त्रीय परम्परासँगको रोचक संवादमार्फत् समकालीन साहित्यका लागि नयाँ रूपहरू सिर्जना गर्ने उनका साहसिक र नवीन कृतिहरूका लागि" कार्सनलाई यसपालि सम्मानित गर्ने निर्णय गरिएको नोबेल समितिले जनाएको छ। 

कार्सनको जन्म सन् १९५० मा क्यानडाको टोरोन्टोमा भएको हो। सन् १९८१ मा उनले शास्त्रीय साहित्यमा विद्यावारिधिको शोधप्रबन्ध प्रकाशित गरेकी थिइन्। उनले कविता लेखनसँगसँगै अनुवाद र विभिन्न विश्वविद्यालयमा अध्यापन गर्दै आएकी छन्। 

उनी नोबेल साहित्य पुरस्कार पाउने उन्नाइसौँ महिला हुन्।
कार्सनले सन् १९९० को दशकमा कैयौँ उल्लेखनीय कृतिहरू प्रकाशित गरेकी थिइन्। तीमध्ये सन् १९९५ मा प्रकाशित 'ग्लास, आइरनी, एन्ड गड' मा समाविष्ट 'द ग्लास एसे'ले विधाका सीमाहरू मेटिँदै जाँदा लामो कवितामा रहने सम्भावना र सामर्थ्यलाई उजागर गरेको छ।

ट्यागहरू:
विश्व साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।