“मधुपर्क”को सम्पादकमा तुलसीहरि कोइराला नियुक्त
झापा, मााघ ७ । तुलसीहरि कोइराला मासिक पत्रिका “मधुपर्क”को सम्पादकमा नियुक्त भएका छन् ।गोरखापत्र संस्थानका तर्फबाट वि.सं. २०२५ सालदेखि नियमित प्रकाशित हुँदै आइरहेको साहित्यिक मासिक पत्रिका “मधुपर्क” को सम्पादकमा यसअघिका सम्पादक त्रिभुवनचन्द्र वाग्ले रहेका थिए । वाग्लेको अवकाश पछि कोइराला नियुक्त भएका हुन् । नेपाली साहित्य र भाषाको श्रीबृद्धीमा महत्त्वपूर्ण भूमिका खेल्दै निरन्तर ५७ बर्ष पार गरिसकेको मधुपर्कको पहिलो अङ्क कवि राजा महेन्द्रको सन्देशसहित प्रकाशित हुँदा सम्पादक गोपालप्रसाद भट्टराई तथा सहायकमा नारायणबहादुर सिंह, दाताराम शर्मा तथा भैरव अर्याल थिए । यसका बिभिन्न बिधा र बिषयका बिशेषाङ्कहरूको पनि ठूलो महत्व रहेको छ । गोरखापत्र संस्थानमा उनले आफ्नो जागिरे जीवन मधुपर्क मासिकबाटै थालनी गरेका थिए ।
ट्यागहरू:
सहित्य
literature
samachar
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सरुभक्तका सातवटा कविता-कृतिहरू समेटिएको महाग्रन्थ “सरुभक्तका कविता" लोकार्पण गरिने
खगिन्द्रा खुसी - बुधबार २१ जनवरी २०२६
`काव्य काफिया´चितवनमा कवि दोस्ताजको एकल वाचन
दिलिप घिमिरे - मङ्गलबार २० जनवरी २०२६
‘कपिल लामिछानेको लघुकथा लोकार्पण तथा सम्पादक/प्रकाशक सम्मानित
दिलिप घिमिरे - मङ्गलबार २० जनवरी २०२६
चुलाचुलीमा विद्यार्थीहरुका लागि "१० दिने अभिनय कार्यशाला" सम्पन्न
खगिन्द्रा खुसी - मङ्गलबार २० जनवरी २०२६