“मधुपर्क”को सम्पादकमा तुलसीहरि कोइराला नियुक्त
झापा, मााघ ७ । तुलसीहरि कोइराला मासिक पत्रिका “मधुपर्क”को सम्पादकमा नियुक्त भएका छन् ।गोरखापत्र संस्थानका तर्फबाट वि.सं. २०२५ सालदेखि नियमित प्रकाशित हुँदै आइरहेको साहित्यिक मासिक पत्रिका “मधुपर्क” को सम्पादकमा यसअघिका सम्पादक त्रिभुवनचन्द्र वाग्ले रहेका थिए । वाग्लेको अवकाश पछि कोइराला नियुक्त भएका हुन् । नेपाली साहित्य र भाषाको श्रीबृद्धीमा महत्त्वपूर्ण भूमिका खेल्दै निरन्तर ५७ बर्ष पार गरिसकेको मधुपर्कको पहिलो अङ्क कवि राजा महेन्द्रको सन्देशसहित प्रकाशित हुँदा सम्पादक गोपालप्रसाद भट्टराई तथा सहायकमा नारायणबहादुर सिंह, दाताराम शर्मा तथा भैरव अर्याल थिए । यसका बिभिन्न बिधा र बिषयका बिशेषाङ्कहरूको पनि ठूलो महत्व रहेको छ । गोरखापत्र संस्थानमा उनले आफ्नो जागिरे जीवन मधुपर्क मासिकबाटै थालनी गरेका थिए ।
ट्यागहरू:
सहित्य
literature
samachar
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
नेपाल लिटरेरी ग्रुपको पोयट्री विद लाट्टे साँझ सम्पन्न
दिलिप घिमिरे - शनिबार १९ सेप्टेम्बर २०२६
सेभेन सिज अङ्ग्रेजी माविका विद्यार्थीसँग साहित्य कार्यक्रम सम्पन्न
दिलिप घिमिरे - शुक्रबार १८ सेप्टेम्बर २०२६
‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, धरावासी र आचार्यलाई पद्मश्री सम्मान प्रदान गरिने
दिलिप घिमिरे - बिहिबार १७ सेप्टेम्बर २०२६
रमेश प्रभातको ‘आँगनीमा फूल रोपेँ’ गजल सङ्ग्रह प्रकाशित
दिलिप घिमिरे - बुधबार १६ सेप्टेम्बर २०२६