ममता मृदुलसँग लघुकथामा बहस अध्याय-पाँच सम्पन्न

खगिन्द्रा खुसी · पौष १६, २०८२ ८:४९ AM
Cover Image for News

झापा, पौष १६ । राजधानीमा स्रष्टा ममता मृदुलसँग लघुकथामा बहस सम्पन्न भएको छ ।  नारी स्रष्टा समाज नेपालद्वारा आयोजनामा  लघुकथामा बहस -अध्याय पाँच सम्पन्न भएको हो । सर्वनाम थिएटरमा सम्पन्न भएको कार्यक्रममा पौष ९ गते बुधबार कथाकार अशेष मल्लका लघुकथामा बहस भएको हो । 

लघुकथा समाज नेपालका अध्यक्ष तुलसीहरि कोइरालाको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा विधान आचार्य, इन्द्ररत्न बज्राचार्य र भागिरथी श्रेष्ठको विशिष्ट आतिथ्य रहेको थियो । 

अशेष मल्लको लघुकथाकारितामा केन्द्रित रहेको सो कार्यक्रममा ललिता दोषी, रन्जु खनाल, निशा केशी, रन्जना पराजुली लम्साल, मन्दिरा मधुश्री, दीपा चौधरी, सेसेमी लिम्बू र विनोद नेपाल, धन्वन्तरी मिश्र कात्यायन, रामकुमार पण्डित, गोम विक्रम, राज शाह, ध्रुवराज थापा, रोशन पराजुलीले अशेष मल्लको लधुकथा वाचन गर्नुभएको थियो ।

mamata 1.jpg 526.2 KB
विशिष्ट अतिथि विधान आचार्य, प्राडा. सावित्री कक्षपति, भागिरथि श्रेष्ठ, इन्द्ररत्न बज्राचार्यले अशेष मल्लका बारेमा बोल्नु भएको थियो । शुभकामना मन्तव्य रमेन्द्र कोइरालाको रहेको थियो । 

लघुकथामा बहस कार्यक्रमको सञ्चालन ममता मृदुलबाट भएको उक्त कार्यक्रममा १२ वटा लघुकथा वाचन र दुई वटा लघुकथा मान्छे र कालोरङ राज शाहको निर्देशनमा मञ्चन गरिएको थियो ।  अन्तिममा ममता मृदुलसँग लघुकथामा बहस- अध्याय पाँचमा याेगदान दिनु हुने सबैलाई संस्थाकी अध्यक्ष ममता मृदुल र सचिव रन्जना पराजुली लम्सालद्वारा सम्मान गरिएकाे समाचार स्रष्टा रामकुमार पण्डितबाट प्राप्त भएको छ । 

ट्यागहरू:
literature puraskar nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।