मिलन सङ्ग्रौलाको तेस्रो कृति ‘बावऋ’को लोकार्पण

दिलिप घिमिरे · साउन १९, २०८१ ९:५० PM
Cover Image for News

आख्यानकार मिलन सङ्ग्रौलाको तेस्रो कृति ‘बावऋ’ लोकार्पण गरिएको छ ।

 काठमाडौंमा जारी किताब जात्रा साहित्यिक महोत्सवमा शुक्रबार लेखकद्वय प्रवीण खतिवडा र सगुना शाहले पुस्तक लोकार्पण गरेका थिए ।

 बादल, वर्षा र ऋतुको त्रिकोणात्मक प्रेमकथा बावऋ’उपन्यासमा प्रस्तुत गरिएको अन्तरसंवाद कार्यक्रममा पर्चा  गरिएको थियो ।
 सबै किसिमका पाठकका लागि उपन्यास उपयोगी भएको , ‘उपन्यासको भाषाशैली आकर्षक रहेको साथै यस उपन्यासले पाठकलाई बाँधेर राखिरहन सक्ने  क्षमता रहेको कार्यक्रममा टिप्पणी गरिएको थियोे ।

 झापाली स्रष्टा मिलन सङ्ग्रौला युवा पुस्ताका एक कुशल लेखक हुन्। कथासङ्ग्रह ‘च्याट गर्ल’ र उपन्यास ‘पर्पला’ लेखिसकेका सङ्ग्रौलाको ‘बावऋ’ तेस्रो कृति हो । फाइनप्रिन्टले प्रकाशन गरेको यस कृतिको मूल्य ५६० रुपैयाँ छ ।

 मैले किशोर अवस्थामा भोगेको एक कालखण्डको भोगाइसँग उपन्यास नजिक छ,’ आफूले साढे पाँच वर्ष उपन्यासका कथा र पात्रहरूसँगै बाँचेर ‘बावऋ’ लेखन पूरा गरेको लेखक मिलन सङ्ग्रौलाले बताए ।                        

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
कवि रवि गिरीको 'शान्तिको खोज' विमोचन
कवि रवि गिरीको 'शान्तिको खोज' विमोचन
खगिन्द्रा खुसी - शुक्रबार १९ डिसेम्बर २०२५
जगदीश घिमिरे स्मृति पुरस्कार-२०८१, २०८२घोषणा
जगदीश घिमिरे स्मृति पुरस्कार-२०८१, २०८२घोषणा
खगिन्द्रा खुसी - शुक्रबार १९ डिसेम्बर २०२५
घरदलान्को वार्षिकोत्सब सम्पन्न
घरदलान्को वार्षिकोत्सब सम्पन्न
लक्ष्मी रिजाल - शनिबार १३ डिसेम्बर २०२५