मोक्ष खतिवडाका 'आमा ' कविता सङ्ग्रह र 'सन्निधान' लघुकथा सङ्ग्रहको लोकार्पण

खगिन्द्रा खुसी · माघ ४, २०८२ ७:२५ PM
Cover Image for News

शनिबार छन्दकवि मोक्ष खतिवडाका दुईवटा कृति लोकार्पण भएका छन् । खतिवडाका 'आमा ' कविता सङ्ग्रह र 'सन्निधान' लघुकथा सङ्ग्रह लोकार्पण भएका हुन् । यसअघि तीनवटा कृति प्रकाशित गरिसकेकी स्रष्टा खतिवडाका चौथो र पाँचौ कृति लोकार्पण भएका हुन् । ज्येष्ठ नागरिक चौतारी बुद्धशान्ति -५ मा घरदलान साहित्य, बुद्धशान्तिले आज आयोजित कार्यक्रम साहित्यकार तेराख प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौड्‌यालको समापतित्व र समाजसेवी डिल्लीराम खतिवडाको प्रमुख आतिथ्यमा सञ्चालन गरेको थियो । झापाली साहित्यकार तथा स्थानीय साहित्यप्रेमीहरूको वाक्लो उपस्थितिमा पुस्तक लोकार्पण गरिएको थियो भने लोकार्पित कृति आमा कविता सङ्ग्रहको समीक्षा चूडामणि वाशिष्ठ तथा सन्निध्य लघुकथा सङ्ग्रहको समीक्षा तारा विविधले गर्नुभएको थियो ।

फोटो
कार्यक्रममा स्थानीय तीन जना प्रौढ तथा शान्तिनगरमा अध्ययन गरेका हाल क्यानडाका वासिन्दा विद्या वारिधि गरेका युवा व्यक्तित्व डा.भागवत अधिकारीलाई सम्मान समेत गरिएको थियो भने कविता बाचन तथा गायन कार्यक्रम समेत समेटिएको थियोे । उक्त कार्यक्रममा कृष्णप्रसाद खतिवडाले स्वागत मन्तव्य राख्नु भएको थियो भने प्रेस जगतका अग्रणी चन्द्र भण्डारीले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम सञ्चालन जय भण्डारीले गर्नु भएको थियो ।

ट्यागहरू:
सहित्य literature photos
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।