लिलाध्वज थापा साहित्य प्रतिष्ठानको सम्मान तथा पुरस्कार वितरण र रचनावाचन कार्यक्रम सम्पन्न

खगिन्द्रा खुसी · पौष १९, २०८२ ९:०८ PM
Cover Image for News

झापा, पौष १९ । राजधानीमा लिलाध्वज थापा साहित्य प्रतिष्ठानको सम्मान तथा पुरस्कार वितरण र रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । बालुवाटारस्थित चिल्ड्रेन स्कुलको सभाहलमा लिलाध्वज थापा साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष विजयध्वज थापाको सभापतित्व तथा प्रा.डा अर्जुनदेव भट्ट, कवि नरेन्द्रराज पौडेल,अध्यात्म चिन्तक तथा कवि हरिभक्त सिग्देल, प्रा.डा गोविन्दमानसिंह कार्की, आख्यानकार रामप्रसाद पन्त, कार्यक्रमका सम्मानित/पुरस्कृत बेहुला हाँस्यव्यङ्ग्यकार तथा फित्कौली नायक नरनाथ लुइटेल, बालमुकुन्ददेव खनाल, वसन्त थापा, कलानिधि दाहालको विशिष्ट आतिथ्य रहेको थियो । वृन्दा ढुङ्गानाले सटिक उद्घोषण गर्नुभएको कार्यक्रममा रामप्रसाद पन्तले स्वागत मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा लिलाध्वज थापा स्रष्ट सम्मान तथा दश हजार राशिको नगद दोसल्ला सहितको पुरस्कारबाट फित्कौली नायक नरनाथ लुइटेललाई पुरस्कृत गरिएको थियो । पहिलो सत्रमा सम्मान कार्यक्रम सकिएपछि सुरु भएको दोस्रो सत्रमा शुभकामना मन्तव्यका साथमा रचना वाचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा रामप्रसाद पन्त, प्रमोद नेपाल, मदनप्रसाद नेपाल, मधुसुदनप्रसाद घिमिरे, मिरा पोख्रेल काफ्ले, मिरा गजुरेल, शुभद्रा अधिकारी, एनपी जगपुरी, भानुप्रकाश जोशी, मदनराज थापा, महेश रिजाल, राज रजक, रामशरण न्यौपाने, डिल्लीप्रसाद मुल्तिउन र कलानिधि दाहाल लगायत तीन दर्जन भन्दा बढी स्रष्टा सर्जकहरुले कविता तथा रचना वाचन तथा शुभकामना मन्तव्य राखेको समाचार स्रष्टा कलानिधि दाहालबाट प्रप्त भएको छ । 

 

ट्यागहरू:
सहित्य samachar svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।